दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा ४५ जनाको मृत्यु, ५ अझै वेपत्ता

२० असार ७८, सोमबार

२१ असार, एजेन्सी ।

Advertisement

दक्षिणी फिलिपिन्समा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा ४५ जनाको मृत्यु भएको छ भने ५ जना अझै वेपत्ता भएका छन् ।

९० जना सवार उक्त विमान दक्षिण पश्चिममा रहेको सुलु प्रान्तको जोलो टापुमा अवतरण गर्ने क्रममा दुर्घटनामा परेको हो । दुर्घटनामा ४० जना घाइते भएको र उनीहरुको स्थानीय सैनिक अस्पतालमा उपचार भइरहेको बताइएको छ ।

Advertisement

सुरक्षाकर्मीहरुले विमानको भग्नावशेषबाट कम्तिमा ४५ जनाको शव निकालेको जनाएका छन् ।

फिलिपिन्सको सेनाका प्रमुख जनरल सिरिलितो सोबेजानाले अवतरणको क्रममा विमान धावनमार्ग भन्दा बाहिर जाँदा दुर्घटनामा परेको बताएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । मृतकमध्ये अधिकांश सैनिक रहेका छन् ।

Advertisement

सो विमानमा सवार सैनिकलाई दक्षिणी फिलिपिन्समा रहेका विद्रोही समूह अबु सयाफ समूहविरुद्ध कारवाहीका लागि पठाइएको थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top