ओलीले दिएको अल्टिमेटम सकिँदै, नेपाल पक्षले हस्ताक्षर फिर्ता नलिने !

२१ असार, काठमाडौं ।

Advertisement

एमाले अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेताहरुलाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरिएका हस्ताक्षर फिर्ताका लिन दिएको समय सोमवार सकिदैँ छ ।

सोमबार साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता लिन समय दिइएको छ । ओलीले शुक्रवार बसेको एमाले केन्द्रीय कमिटी बैठकमार्फत् आज साँझ ५ बजेसम्म हस्ताक्षर फिर्ता गर्न निर्देशन दिएका थिए । अन्यथा कारबाही गर्ने ओलीले चेतावनी दिएका छन् । साथै, पार्टी एकता नहुने समेत बताएका थिए।

Advertisement

‘हस्ताक्षर फिर्ता भएन भने पार्टी एकता हुन्न। कांग्रेसको नेतालाई प्रधानमन्त्री बनाउन एमालेका सदस्यलाई छुट छैन। यो कुरा किमार्थ स्वीकार्य छैन। त्यसो गर्नु पार्टी फुटको घोषणा हो,’ ओलीले भनेका थिए।

हस्ताक्षर फिर्ता गराएर एकता जोगाउन दोस्रो तहको नेताहरु सक्रिय भैरहेका छन् । आइतवार ओली पक्षका नेताले नेता नेपालसहित नेपाल पक्षीय नेताहरुसँग छलफल गरेका थिए । आइतवार राति नेपालपक्षीय प्रभावशाली नेता भीम रावलले ओलीसँग भेटवार्ता गरेका थिए ।

Advertisement

तर, नेपाल पक्ष हस्ताक्षर फिर्ता नलिने पक्षमा अडिग रहेको एक नेताले जानकारी दिए । ‘नेपालको संविधान, राष्ट्रियता जोगाउन हामीले हस्ताक्षर गरेका हौँ, बालुवाटारको निर्देशनले केही हुनेवाला छैन ।’ एक नेताले भने, ‘हस्ताक्षर फिर्ता नलिने पक्षमा हामी एक ढिक्का छौँ, कारबाहीको कुनै मतलब छैन ।’

नेता नेपालले पनि ओली पक्षको नेताहरुसँगको छलफलमा कुनै हालतमा हस्ताक्षर फिर्ता नलिने बताइसकेका छन् । यसले एमालेभित्रको विवाद थप जटिल र नयाँ मोडमा प्रवेश गर्ने भएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top