×

NEPAL TIMES UPDATES

Playing
World News: यु द्धकैबिच इरानीले मनाए इद, आणविक भण्डार कब्जा गर्न विशेष अपरेसनको तयारीमा ट्रम्प
Mar 21, 2026
Playing
हर्मुज’मा चिनियाँमाथि आ क्र मण, यु द्ध छिटै समाप्त हुने Netanyahuको दाबी || Nepal Times
Mar 21, 2026
Playing
Top 15 Afternoon News || Mar-21-2026 || Nepal Times
Mar 21, 2026
Playing
ईद मुबारकः भाइचारा, प्रेम र मेलमिलापको भावना अझ प्रगाढ बनोस् || Nepal Times
Mar 21, 2026
Playing
आयरल्यान्डले नेपालमा सिरिज खेल्ने, पाँच वर्षे रणनीतिक साझेदारी घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
चट्याङ र हावाहुरीले के के क्ष ति गर्यो ? || Nepal Times
Mar 21, 2026
Playing
सार्वजनिक भए मोज्तबा खामेनी, नेटो कायर, ट्रम्पले गरे ठूलो घोषणा|| Nepal Times
Mar 21, 2026
Playing
खाडीको सुरक्षा भ्रम भत्कि योः बुर्ज अल अरबमा आ गो, रास लाफान ध्व स्त || Nepal Times
Mar 21, 2026
Playing
जब हिन्दु ‘ईद मुबारक’ भन्छ र मुस्लिम ‘दशैं’ मनाउँछन् — त्यो नेपाल हो|| Nepal Times
Mar 21, 2026
Playing
आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षा, बीपी राजमार्ग अवरुद्ध || Nepal Times
Mar 21, 2026

अफगानिस्तानका एक तिहाइ जिल्ला तालिबानको नियन्त्रणमा, भागेर ताजिकिस्तान पुगे सुरक्षाकर्मी

२१ असार २०७८

२१ असार, एजेन्सी ।
अफगानिस्तानमा तालिवानी विद्रोहीहरूले मुलुकका झन्डै ४ सयमध्ये एक तिहाइ जिल्ला आफ्नो नियन्त्रणमा लिएका छन्।
समाचार संस्था एसोसियट प्रेसका अनुसार उत्तरी अफगानिस्तानमा तालिवान लडाकुहरूले धेरै क्षेत्र नियन्त्रणमा लिएपछि सरकारी सुरक्षाकर्मीहरू भागेर छिमेकी ताजिकिस्तान पुगेका छन्।

Advertisement

उत्तरी प्रान्त बादखसानबाट झन्डै तीन सय अफगानी सुरक्षाकर्मी भागेर आफ्नो सीमाभित्र आइपुगेको ताजिकिस्तानले जनाएको छ। शनिबार साँझ साढे ६ बजेतिर अफगानी सुरक्षाकर्मीले सीमा पार गरेका थिए।

भागेर आएका सुरक्षाकर्मीलाई मानवीयता र असल छिमेकीका नाताले शरण दिएको ताजिकिस्तानको भनाइ छ।
२० वर्षदेखि अफगानिस्तानमा सेना पठाएको अमेरिकाले पछिल्लो समय आफ्ना सैनिकहरू फिर्ता लिइरहेको छ।

यही वर्ष सबै सैनिक फिर्ता लिने तयारी गरिरहेको अमेरिकाले गत शनिबार बागराम एयरबेस अफगानिस्तानलाई हस्तान्तरण गरेको थियो। अमेरिका र नाटो मुलुकका सेना फर्किएपछि तालिवानहरूले विभिन्न जिल्लामा धावा बोलेका हुन्।

कतिपय ठाउँमा भने सरकारी सुरक्षाकर्मीहरूले आत्मसमर्पण गरिरहेका छन्। केही ठाउँमा त तालिबानी लडाकुहरूले सुरक्षाकर्मीलाई घरसम्म जान पैसा दिएको भिडिओ पनि सार्वजनिक भएका छन्।

यसले सुरक्षाकर्मीलाई ज्यान जोखिममा नराखिकनै जागिर छोड्न सकिने आत्मविश्वास दिएको छ। उत्तरी प्रान्त बादखसानका प्रदेश काउन्सिल सदस्य मोहिब उल रहमानले महत्वपूर्ण सामानको अभावमा खटिएका सुरक्षाकर्मीको कमजोर आत्मबलका कारण पनि तालबानीहरूलाई सजिलो भएको बताएका छन्।

‘दुर्भाग्यवश, धेरैजसो जिल्लाहरू बिनालडाइँ तालिबानलाई छोडिएको छ,’ रहमानले एपीसँग भने।

तालिबानहरूले अहिलेसम्म कुनै प्रान्तीय राजधानी भने नियन्त्रणमा लिएका छैनन्। तर जसरी उनीहरू अघि बढिरहेका छन् त्यसले छिटै बादखसानको राजधानी नियन्त्रणमा लिन सक्ने सम्भावना छ।

ट्विन टावरमा आक्रमण भएपछि सन् २००१ मा अमेरिकाले अफगानिस्तानमा सैनिक पठाएको थियो। तालिबानहरूलाई अपदस्त गरी आफूअनुकूलको सरकार बनाएको अमेरिकाले दुई दशकपछि अफगानिस्तानको भविष्य अन्यौलमा राखेर सैनिक फिर्ता लैजान लागेको हो।

भर्खरको समाचार

ईद मुबारक ! सबैमा शान्ति,समृद्धि र आपसी सद्भाव ल्याओस्

20260321_083036.jpg

आज पनि हावाहुरी र चट्याङसहित असिना पानी पर्ने

mausam-2075-12-18-768x388

साउदीका तेल केन्द्रमा बिहानैदेखि ड्रोन आक्रमण, युद्ध नयाँ चरणमा प्रवेश

saudi

अमेरिकामा नेपाली परिवारको बीभत्स हत्याको भिडियो सार्वजनिक

f3e3d7ae-e383-4abf-a07d-47a67cecb389

शपथमा सांसदले कुन पोसाक लगाउँछन् ? सपथको भाषामा छुट्टै व्यवस्था

Samsad Hall_ parliament_Nepal Photo Library7

१६ अमेरिकी सैन्य विमान ध्वस्त, होर्मुजबाट फर्किए अमेरिकी युद्धपोत

trump khameni missiel

चैत १३ गते बालेन प्रधानमन्त्री , १२ गते दलको नेता, १५ जना मन्त्री

balennnnnnnnnnnnnnn

’बदल्यौं कांग्रेस’ भन्दाभन्दै आफैं बदलिएका गगन

Gagan-thapa1

इरानी लाइफलाइन साउथ पार्स हमलाले विश्व हल्लियो

iran-flag_TkC5X0MaQr

युद्धका लागि पेन्टागनले माग्यो २०० अर्ब डलर, इरानलाई हमला रोक्न मुस्लिम राष्ट्रको आग्रह

Screenshot 2026-03-19 125340

सम्बन्धित खबरहरु

Scroll to Top