विपक्षीहरूमा जनतामा जाने हिम्मत देखिएको छैन : राष्ट्रिय सभा सदस्य दाहाल

२० असार ७८, सोमबार

२१ असार, काठमाडौं ।

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहालले प्रतिनिधि सभा विघटन गरेर ताजा जनादेशमा जाने सरकारको कदम निरङ्कुश नभएको दाबी गरेका छन् ।

सोमवारको राष्ट्रिय सभा बैठकको विशेष समयमा बोल्दै राष्ट्रिय सभा सदस्य दाहालले पहिलो पटक विघटित प्रतिनिधि सभा पुनर्स्थापनापछि पनि केही काम गर्न नसकेकाले वर्तमान अवस्थामा चुनावमा जानु नै सही निर्णय भएको जिकिर गरे ।

उनले चुनावको विरोध गर्ने विपक्षीहरूसँग जनतामा जानेने हिम्मत नभएको दाबी पनि गरे । राष्ट्रिय सभा सदस्य दाहालले भन्नुभयो, ‘विपक्षीहरू कसैसँग पनि जनतामा जाने हिम्मत देखिएको छैन ।’

उनले संसदीय अभ्यासका नाममा गैरसंवैधानिक अभ्यासहरू देखिएको तथा अनधिकृत र असंसदीय अभ्यास सुरु भएको दाबी गरे । उनले निर्लज्ज ढङ्गले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइ दिनुप¥यो भन्दै नसुहाउँदो ढङ्गले नेकपाका वरिष्ठ नेताहरू हस्ताक्षरसहित राष्ट्रपति कार्यालय र सर्वोच्च अदालतमा लाइन लागेको टिप्पणी गरे ।

सरकारले कोभिड–१९ को दोस्रो लहरको समयमा अत्यधिक आवश्यक परेको अक्सिजन उपलब्धता र खोप आयातमा निकै राम्रो काम गरेको राष्ट्रिय सभा सदस्य दाहालले दाबी गरे ।

उनले विपक्षी दलहरूले सरकारले गरेका राम्रा काम देख्न नसकेको टिप्पणी गरे । संसदीय प्रणालीमा राष्ट्रिय सभा मात्रै अपूर्ण हुने भएकाले प्रतिनिधि सभा विना राष्ट्रिय सभाले कुनै पनि ऐन बनाउन नसक्ने उनले बताए ।

बाढी र पहिरोबाट देशका विभिन्न ठाउँमा जनधनको क्षति भएको भन्दै राष्ट्रिय सभा सदस्य दाहालले राहत, पुनर्स्थापनाको माग गरे ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top