म्याद सकिएको डेबिट कार्ड प्रयोग गरेर एटीएमबाट ३४ लाख निकाल्ने दुई जना पक्राउ

२० असार ७८, सोमबार

२१ असार, काठमाडौं ।

Advertisement

म्याद सकिएको डेबिट कार्ड प्रयोग गरेर सिद्धार्थ बैंकको एटीएम मेशिनबाट पैसा निकाल्ने दुई जना पक्राउ परेका छन् ।

पैसा निकाल्दै गरेको सूचना पाएपछि खटिएको प्रहरीले काठमाण्डौको भत्केको पुल नजिकैबाट सोलुखुम्बु घर भएका जगतबहादुर गुरुङ र पर्साकी सावित्री गुरुङलाई पक्राउ गरेको हो । उनीहरूको साथबाट एटीएम कार्ड र २१ लाख रुपैयाँ पनि बरामद गरिएको प्रहरी परिसर टेकुले जनाएको छ ।

Advertisement

उनीहरूले म्याद सकिएको एलएलओ वाईडीएस लन्डनको भिसा डेबिट कार्डको प्रयोग गरेर चावहिल, कालोपुल र हात्तीसारबाट ३४ लाख ३५ हजार रुपैयाँ निकालेको अनुसन्धानबाट खुलेको छ । यसरी निकालेको रकममध्ये १० लाख रुपैयाँ सहकारीमा राखेको पनि प्रहरीले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top