सहकारीलाई हचुवामा ब्रान्ड

२२ असार ७८, मंगलबार

२२ असार,  काठमाण्डौ ।

Advertisement

नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघ (नेफ्स्कुन) ले हचुवाको भरमा पूर्ण तथा व्यावसायिक साकोस विकास कार्यक्रम (प्रोबेसन) ब्रान्ड दिएको खुलेको छ। सुरुमा सहकारी विभागसहित संयुक्त रूपमा दिँदै आएको प्रोबेसन ब्रान्डबाट विभाग पछि हटिसकेको छ।

दाङको महाप्रभु बचत तथा ऋण सहकारी संस्थाको ५ करोड २७ लाख रकम हिनामिनाको समाचार बाहिरिएसँगै नेफ्स्कुनको लेखापरीक्षणमाथि प्रश्न चिह्न खडा भएको छ।

Advertisement

नेफ्स्कुनले प्रोबेसन ब्रान्डका लागि तीन/तीन महिनामा नियमन गरी लेखापरीक्षण गर्छ। तर महाप्रभुको समस्या बाहिरिएसँगै नेफ्स्कुनले दिँदै आएको ब्रान्ड हचुवाको भरमा रहेको खुलेको हो। प्रोबेसन ब्रान्ड प्राप्त गर्न सहकारी लालायित हुन्छन्।

कतिपय सहकारीले ब्रान्डका लागि धेरै प्रयत्न गर्दा पनि नेफ्स्कुनले अपनाउँदै आएको मापदण्ड पूरा गर्न नसकी ब्रान्ड प्राप्त गर्नबाट वञ्चित हुन्छन्। प्रोबेसनमा जाने सहकारीलाई नेफ्स्कुनले कारोबारका आधारमा ५० हजारभन्दा माथि शुल्क लिन्छ। कतिपय सहकारी ब्रान्डका लागि पैसा खर्च गर्न पनि उत्साहित हुन्छन्।

Advertisement

महाप्रभु सहकारी गत पुस २७ गते अन्य तीन सहकारीसँग मर्ज भई देउखुरी बचत तथा ऋण सहकारी बनेको थियो। नेफ्स्कुनकै पदाधिकारीको उपस्थितिमा तामझामका साथ एकीकरण हुनुका साथै नेफ्स्कुनमै कार्यरत सीएसमेतले लेखापरीक्षण गरेको सहकारीमा समस्या देखिँदा प्रोबेसन ब्रान्डसमेत विवादित बन्दै गएको छ।

यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top