फेरि बढ्यो पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य

२३ असार, काठमाडौँ ।

Advertisement

नेपाल आयल निगमले फेरि इन्धनको मूल्य बढाएको छ। मंगलबार राति १२ बजेदेखि लागू हुने गरी निगमले इन्धनको मूल्य बढाएको हो।

निगमले पुनः प्रतिलिटर २ रुपैयाँले बढाएर पेट्रोलको मूल्य १२९ रुपैयाँ पु¥याएको छ । यसअघि निगमले पेट्रोलको मूल्य प्रतिलिटर १२७ रुपैयाँ बनाएको थियो । यस्तै, डिजेल, मटितेलको मूल्य अब प्रतिलिटर २ रुपैयाँ बढेर ११२ रुपैयाँ पुगेको छ ।

Advertisement

खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर २५ रुपैयाँ बढाइएको छ । अब खाना पकाउने ग्यासको मूल्य प्रतिसिलिण्डर १ हजार ४२५ रुपैयाँ पुगेको छ।

हवाई इन्धन (आन्तरिक उडान)को मूल्य प्रतिलिटर २ रुपैयाँ बढाएको छ भने हवाई इन्धन (अन्तर्राष्ट्रिय)को मूल्य प्रतिकिलोलिटर १९ अमेरिकी डलर बढाएको छ। अब आन्तरिकतर्फ हवाई इन्धनको मूल्य प्रतिलिटर ८४ रुपैयाँ पुगेको छ भने अन्तर्राष्ट्रियतर्फको प्रतिकिलोलिटर अमेरिकी डलर ७५४ कायम भएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top