×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

नारायणगढ–मुग्लिङ सडक खण्डमा पहिरो खस्ने क्रम रोकिएन

२३ असार २०७८

२३ असार, काठमाडौं  ।

नारायणगढ–मुग्लिङ सडक खण्ड फेरि बन्द भएको छ । हिजो बेलुकीपख पहिरो पन्छाएर सडक खुलाइए पनि फेरि बन्द भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले जानकारी दिए ।

Advertisement
Advertisement

काठमाण्डौ प्रवेश गर्ने मुख्य सडकको रुपमा रहेको नारायणगढ–मुग्लिङ सडक खण्ड झन्डै एक हप्तायता पहिरोले लगातार सडक अवरुद्ध हुँदै आएको छ ।

वर्षा सुरु भएसँगै नारायणगढ–मुग्लिङ सडक खण्ड दिनहुँजसो पहिरो जाने र सडक अवरुद्ध हुनेक्रम चलिरहेको छ । पहिरो पन्छाएर जाममा परेका गाडीले पार गर्न नपाउँदै फेरि अर्को पहिरो जाने समस्या बढेको हो ।

यो सडक खण्डमा अझै केही दिनसम्म यस्तै समस्या रहिरहने प्राविधिकहरुको अनुमान छ । यो सडक खण्डमा पर्ने चितवनको सेतीदोभान, इच्छाकामनाको चारकिलो, पाँचकिलो, १४ किलोलगायतका ठाउँमा पहिरो खस्ने गरेको छ । अरु ठाउँमा पहिरो पन्छाए पनि सेतीदोभानमा भने सडक खुलाउन निकै कठिन भएको छ ।

सडकमा लेदो माटो र ढुङ्गा झरिरहेकाले सडक सफा गर्न कठिन भएको चितवनका प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेले बताए । प्रमुख जिल्ला अधिकारी लामिछानेले भने, ‘सेतीदोभानमा अवरुद्ध सडक खुलाइए पनि, फेरि हिजो बेलुका सात बजेयता पहिरोले सडक बन्द छ, अहिले पनि खुलाउने प्रयास भइरहेको छ ।’ सडक खुल्दै बन्द हुनेक्रम नरोकिँदा सयौँ गाडी बीच बाटोमै अलपत्र परेका उनले बताए ।

Advertisement

यो सडक हुँदै दैनिक १० हजारसम्म साना–ठूला गाडी आवतजावत गर्छन् । नारायणगढ–मुग्लिङ सडक खण्डसहित अहिले देशभरका १३ वटा राजमार्ग तथा सडकमार्ग बन्द छन् । यी सडकमार्ग पनि खुलाउने प्रयास भइरहेको सडक विभागले जनाएको छ ।

भर्खरको समाचार

दलित समुदायमाथि रविले माफी माग्दा प्रधानमन्त्री किन मौन ?

666707698_875077882223921_4422618132601218086_n

‘ह्वाइट हाउस डिनर’मा गोली हान्ने क्यालिफोर्नियाली को हुन् ? साथमा कयौं घातक हतियार

eebb4468-119e-42bc-9135-abb6b94462f9

मनोहराको सुकुमवासी बस्तीमा पनि शान्तिपूर्ण चल्दैछ डोजर

682026474_962849683001716_8477909946003259605_n

आज सातै प्रदेशमा चट्याङ्गसहित वर्षा

mausam-2075-12-18-768x388

बालेन सरकारको एक महिने परीक्षण, नायक शैली कि लोकतान्त्रिक सीमा?

PM Balen Shah taking oath-1774621063

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

सम्बन्धित खबरहरु

Scroll to Top