कोरोना उपचारमा दोहोरो शुल्क लिने अस्पताललाई रकम फिर्ता दिन स्वास्थ्यको निर्देशन

२३ असार, काठमाडौं ।

कोभिड– १९ का बिमारीबाट दोहोरो रकम असुल्ने निजी अस्पतालहरूलाई रकम फिर्ता गर्न सरकारले निर्देशन दिएको छ । अनुसन्धानमा दोहोरो (सरकार र बिरामीबाट) रकम लिएको पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले तत्काल बढी रकम फिर्ता गर्न निर्देशन दिएको हो ।

स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले निःशुल्क उपचार गराउन सरकारसँग सम्झौता गरेका, तर बिरामीसँग रकम असुलेका अस्पताललाई रकम फिर्ताको निर्देशन दिएको बताए ।

‘निःशुल्क उपचार गराउन सरकारसँग सम्झौता गरेका अस्पतालले बिरामीसँग शुल्क उठाएको पाइएको छ । त्यस्ता अस्पताललाई रकम फिर्ता गर्न निर्देशन दिइएको छ,’ डा. अधिकारीले भने ।

निःशुल्क उपचारको सम्झौता गरेका अस्पतालले आइसोलेसनमा रहेकालाई दुई हजार, एचडियूकोे ३५ सय र आइसियू तथा भेन्टिलेटरमा बसेका बिरामीको उपचारमा दैनिक १५ हजार सरकारबाट पाउँछन् । तर, बिरामीसँगसमेत रकम असुलेको भेटिएपछि मन्त्रालयले त्यस्तो रकम फिर्ता गर्न सम्झौता गरेका अस्पताललाई निर्देशन दिएको हो ।

किस्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, विराट अस्पताल र मेडिकेयर अस्पतालले दोहोरो रकम लिएको पुष्टि भएको छ ।

३ जेठदेखि १ असारसम्म किस्ट मेडिकल कलेज, नेपाल मेडिकल कलेज, चितवन मेडिकल कलेज, कान्तिपुर जनरल तथा डेन्टल अस्पताल, विराट अस्पताल, सर्वांग स्वास्थ्य सदन कुपन्डोल र मेडिकेयर अस्पतालविरुद्ध उजुरी परेका थिए । कान्तिपुर जनरल तथा डेन्टल अस्पताल र सर्वांग स्वास्थ्य सदन कुपन्डोल बाहेक अरू अस्पतालले निःशुल्क उपचार गर्ने सम्झौता गरेका छन् ।

बिरामीकोे उजुरीको आधारमा मन्त्रालयले गरेको सुरुवाती छानबिनमा निजी अस्पतालले बिरामीलाई ठगी गरेको पाइएको थियो । मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले उजुरीमाथि छानबिन गर्दा ठगी गरेको पुष्टि भएको बताए । ‘निःशुल्क उपचार गराउने सम्झौता गरेका अस्पतालले बिरामीसँग पनि रकम उठाएको भेटियो,’ अधिकारीले भने ।

उपचार गराउँदा संक्रमित वा आफन्तसँग सशुल्क उपचार गराउँदै छु भन्ने सुनिश्चित मञ्जुरीनामा नलिएको उजुरीकर्ताको दाबी छानबिनमा पुष्टि भएको अधिकारीले जानकारी दिए । उनीहरू सबैलाई बढी लिएको रकम फिर्ता गर्न र निर्देशन पालना नभएसम्म शोधभर्ना नगर्न भनिएको छ ।

सरकारसँग सम्झौता गरेका अस्पतालले रगत परीक्षण सिरम युरिया, क्रियाटिन, सुगर, सिआरपी, हेमोग्लोबिन, प्लेटलेट, इएसआर परीक्षण, छातीको एक्स रे, उपचारमा प्रयोग हुने स्लाइन तथा सामान्य औषधि, शैंयाको शुल्क लिन पाउँदैनन् । त्यसैगरी, खाजा, खानासहित चार छाक, चिकित्सक तथा नर्सको राउन्ड, अक्सिजन पनि निःशुल्क गरिएको छ ।

कान्तिपुर जनरल तथा डेन्टल अस्पताल र सर्वांग स्वास्थ्य सदन कुपन्डोलले तोकेको शुल्कभन्दा बढी लिएका छन् । मन्त्रालयले तोकेभन्दा बढी शुल्क लिएको भन्दै ती अस्पताललाई रकम फिर्ता गर्न निर्देशन दिएको छ ।

बिरामीलाई अस्पतालले ठगी गरेका उजुरीहरू परेपछि गएको ३० जेठमा मन्त्रालयले डा. समीर अधिकारीको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिमा मेडिकल अधिकृत डा. नवराज जोशी, वरिष्ठ जनस्वास्थ्य अधिकृत रविकान्त मिश्र, लेखा अधिकृत छविलाल पाण्डे, तथ्यांक अधिकृत शिवलाल शर्मा सदस्य छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top