डेल्टा भेरियन्टको तीव्र प्रसारले इन्डोनेसिया संकटमा

२२ असार ७८, बुधबार

२३ असार, एजेन्सी।
कोरोनाको डेल्टा भेरियन्ट तिव्ररुपमा फैलिएपछि इन्डोनेसिया हायलकायल बनेको छ ।

Advertisement

गत सातादेखि अचानक संक्रमित बढेपछि त्यहाँ अक्सिजनको चरम् अभाव देखिएको हो । बेलैमा अक्सिजन नपाउँदा ६० जना संक्रमितको मृत्यु भएको जनाइएको छ ।

इन्डोनेसियाको सरकारले डेल्टा भेरियन्टको तीव्र प्रसारले संकट निकै बढेको बताएको छ । राजधानी जकार्ता र बाली शहरमा शनिबार इमरजेन्सी लकडाउन लगाइएको छ ।

Advertisement

अक्सिजन संकटकै कारण जावा शहरको एक अस्पतालमा शनिबार र आइतबारका बीच ६३ जना संक्रमितको मृत्यु भएको छ । अस्पतालहरूले अक्सिजनको संकट चुलिए पनि आपूर्ति नभइरहेको बताएका छन् ।

केही साताअघि नेपालमा पनि यसैगरी अक्सिजनको अभाव देखिएको थियो । त्यो बेला सयौं मानिसले बेलैमा अक्सिजन नपाउँदा ज्यान गुमाउनुपरेको थियो । इन्डोनेसिया जनसंख्याका आधारमा संसारको चौथो ठूलो देश हो ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top