रूपा सुनारले दायर गरेको मुद्दामा सर्वोच्चले मन्त्री श्रेष्ठसँग लिखित जवाफ माग्यो

२३ असार, काठमाडौं ।

सञ्चारकर्मी रूपा सुनारले दर्ता गराएको छुवाछुतसम्बन्धी मुद्दामा शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठसँग सर्वोच्च अदालतले लिखित जवाफ माग गरेको छ ।

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले मन्त्री श्रेष्ठलाई महान्यायाधिवक्ताको कार्यालयमार्फत र घरधनी सरस्वती प्रधानलाई आफैँ या प्रतिनिधिमार्फत जवाफ दिएका छन् ।

यस्तै इजलाशले विस्तृत अध्ययन अनुसन्धानका प्रमाणसहित दुवै पक्षलाई २९ गते सर्वोच्चमा बोलाउने पनि निर्णय गरेको छ । अदालतले संविधानले नै छुवाछुतलाई क्रुर र अमानवीय कार्य उल्लेख गरेकाले यो दण्डनीय कार्य भएको सम्झाउँदै इजलासले व्यक्तिको मौलिक हकलाई सबैले सम्मान गर्नुपर्ने उल्लेख गरेको छ । यो मुद्दा जतिसक्दो छिटो टुङ्ग्याउनुपर्ने भएकाले अग्राधिकार प्रदान गरिएको पनि इजलासले जनाएको छ ।

जातकै आधारमा कोठा भाडामा नदिएको भन्दै सञ्चारकर्मी रूपा सुनारले घरधनी सरस्वती प्रधान र शिक्षा विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठविरुद्ध यही असार २० गते सर्वोच्च अदालतमा मुद्दा दर्ता गराएकी थिइन् ।

मुद्दामा घरधनी सरस्वती प्रधान; शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठ, जिल्ला सरकारी वकिलको कार्यालय र महानगरीय प्रहरी वृत्त सिंहदरबारलाई विपक्षी बनाइएको छ ।

मुद्दामा जातीय भेदभाव तथा छुवाछुत गर्नेहरूलाई कारबाही तथा आफ्नो मौलिक हकको संरक्षणका लागि आदेश जारी गर्न माग गरिएको छ । यस्तै छुवाछुत गर्नेलाई संरक्षण गर्ने मन्त्री श्रेष्ठलाई पदबाट हटाएर जातीय छुवाछुत तथा अन्य सामाजिक भेदभाव ऐनअनुसार कारबाही गर्न रिटमार्फत माग गरिएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top