अफगानिस्तानबाट सैनिक फिर्ता प्रक्रिया ९० प्रतिशतभन्दा बढी पूरा – अमेरिका

२२ असार ७८, बुधबार

२३ असार, एजेन्सी ।

अमेरिकाले अफगानिस्तानबाट फिर्ता लिने सम्पूर्ण सैनिकको ‘९० प्रतिशतभन्दा बढी’ काम पूरा गरिसकेको संयुक्त राज्य अमेरिकाको केन्द्रीय कमाण्ड (सेन्टकम)ले एक विज्ञप्तिमार्फत् जानकारी गराएको छ ।

सेन्टकमले मङ्गलबार जारी विज्ञप्तिमा भनिएको छ, “अफगानिस्तानमा रहेका अमेरिकी सेना फिर्ता प्रक्रिया जारी छ । हामीले सम्पूर्ण प्रक्रियाको ९० प्रतिशतभन्दा बढी काम पूरा गरिसकेका छौं । अफगानिस्तानमा तालिबानको निरन्तर बिरोध र दर्जनौं जिल्लाको कब्जा बीचमा हिंसामा भएको तीव्र वृद्धिको पृष्ठभूमिमा यो कुरा आयो ।”

विज्ञप्तिमा भनिएको छ, “जुलाइसम्म रक्षा विभागले ९८४–सी १७ विमानमार्फत सुरक्षा प्रबन्धका १७ हजार ७४ थान सामान फिर्ता लिएको छ । अमेरिकी सेनाले करिब दुई दशक पहिले अवतरण गरेको बग्रान शिबिरलाई विशेष उत्सब बिना नै आबश्यक प्रतिरक्षा सामग्री अफगानी निकायलाई हस्तान्तरण गरेको छ ।”

बग्राममा पहिलो अमेरिकी सेना आइपुगेको करिब दुई दशकमा यस क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिन मद्दत गरेको अफगानिस्तानको सैनिकलाई उक्त क्षेत्र गत हप्ता हस्तान्तरण गरेको थियो ।

“तालिबानले देशभरिका ५० भन्दा बढी जिल्लाहरू नियन्त्रणमा लिएको छ । अमेरिकी गुप्तचर संस्थाले अफगानिस्तानबाट अमेरिकी सेना फर्केको केही महिनाभित्र सरकार तालीबानी विद्रोहीको कब्जामा पर्नसक्ने बताएको छ ।

तालिवान समूहले अर्को सय बर्षमा पनि अफगान सरकारलाई समर्पण गराउन नसक्न मंगलबार अफगानिस्तानका राष्ट्रपति अशरफ घानीले बताएका छन् । मन्त्रिपरिषद्को बैठकमा घानीले तालिबान र त्यसका समर्थकहरू मुलुकमा वर्तमान रक्तपात र विनाशका लागि जिम्मेवार रहेको बताएका छन् ।

तालिवानको क्षेत्र विस्तारको मतलब उनीहरूलाई अफगानद्वारा स्वागत गरिएको होइन, र जनता आफ्नो क्षेत्रको रक्षा गर्न तयार छन् भन्ने भएको राष्ट्रिय सुरक्षा सल्लाहकार हमदुल्लाह मुहीबले बताएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top