डेनमार्कलाई हराउँदै इङ्ग्ल्यान्ड पहिलो पटक युरो कप फुटबलको फाइनलमा

२३ असार ७८, बिहीबार

२४ असार, काठमाडौं ।

इङ्ग्ल्यान्ड पहिलो पटक युरो कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । डेनमार्कलाई अतिरिक्त समयमा २–१ गोलले हराउँदै इङ्ग्ल्यान्ड उपाधि नजिक पुगेको हो ।

आज बिहान वेम्बली स्टेडियममा भएको खेलमा इङ्ग्ल्यान्डका कप्तान ह्यारी केनले एक गोल गरे । इङ्ग्ल्यान्डले एक गोल आत्मघाती उपहार पाएको थियो ।

डेनमार्कका मिकेल डाम्सगार्डले एक गोल गरे । डेनमार्कले खेलको ३० औं मिनेटमा डाम्सगार्डले गरेको गोलबाट अग्रता बनाए पनि जोगाउन सकेन ।

खेलको ३९ औं मिनेटमा डेनमार्कका कप्तान सिमोन क्येरले आत्मघाती गोल गरेपछि खेलमा १–१ को बराबरी भयो । दोस्रो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् र खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको १ सय ४ औं मिनेटमा इङ्ग्ल्यान्डका कप्तान केनले गोल गरे ।

पहिलो पटक युरो कपको फाइनलमा पुगेको इङ्ग्ल्यान्ड र सेमिफाइनलमा स्पेनलाई हराएर फाइनलमा पुगेको इटली उपाधिका लागि आइतवार खेल्नेछन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top