अफगानिस्तान–इरान सीमा नाका तालिबानको नियन्त्रणमा, अमेरिकी सेना अगष्ट ३१ सम्ममा फिर्ता हुने

२५ असार ७८, शनिबार

२६ असार, एजेन्सी ।

तालिबानले इरानसँगको महत्त्वपूर्ण सीमा नाका आफ्नो नियन्त्रणमा लिएको पश्चिम अफगानिस्तानका अधिकारीले बताएका छन् ।

इस्लाम काला नाकाका सबै गतिविधि रोकिएको भन्सार अधिकारीलाई उदृत गर्दै बीबीसीले जनाएको छ । अमेरिकी सैनिकको फिर्ती प्रक्रियासँगै अफगानिस्तानमा तालिबानले विभिन्न भू–भाग कब्जा गरिरहेको छ ।

अफगानिस्तान र इरानबीचको एक प्रमुख सीमा नाका तालिबानले कब्जा गरेको अफगान अधिकारीहरूले स्वीकारेका छन् । इस्लाम काला नाका इरानसँगको सबभन्दा ठूलोमध्यको व्यापारिक नाका हो । त्यहाँबाट सरकारले मासिक २ करोड डलर राजस्व उठाउँथ्यो ।

अफगानिस्तानको रक्षा मन्त्रालयले नाका आफ्नो नियन्त्रणमा लिन प्रयासरत जारी रहेको बताएको छ। तालिबानले अफगानिस्तानको ८५ प्रतिशत भू–भाग आफ्नो नियन्त्रणमा रहेको दाबी गरेको छ ।

तर उसको दाबीलाई सरकारले अस्वीकार गरेको छ । यसै हप्ता अमेरिकी सेनाले अफगानिस्तानमा रहेको मुख्य सैन्य अखाडा बाग्रामलाई छाडेको थियो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनले अगस्ट ३१ सम्ममा अफगानिस्तानबाट अमेरिकी सेना फिर्ता गरिने बताएका छन् । तालिबान लडाकु समूहले देशैभर उपस्थिति बढाइरहेका बेला बाइडेनको पछिल्लो प्रतिक्रिया आएको हो ।

यसअघि नै सन् २०२१ को सेप्टेम्बर ११ भित्रमा अमेरिकी सेना पूर्णरूपमा फर्किसक्ने समय सीमा तोकिएको थियो । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०२१ को मे महिनाभित्र अमेरिकी सेना अफगानिस्तानबाट फर्किसक्ने तालिबानसँग सहमति गरेका थिए ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top