प्रधानमन्त्री ओली हेलम्बुमा

२६ असार ७८, शनिबार
Share this
726shares

२६ असार, मेलम्ची ।
प्रधानमन्त्री केपी शर्मा ओली बाढीग्रस्त क्षेत्र मेलम्ची पुगेका छन्।

Advertisement

असार १ गते भ्रेमाथाङ पहिरोका कारण मेलम्ची नदीमा लेदोसहितको पहिरो आएपछि उक्त हेलम्बु गाउँपालिका र मेलम्ची नगरपालिकामा ठुलो क्षति पुगेको थियो।

बाढीग्रस्त क्षेत्रको निरीक्षण गर्न ओली सेनाको हेलिकप्टर मार्फत मेलमची पुगेका हुन्। प्रधानमन्त्री ओलीका साथमा खानेपानीमन्त्रीको जिम्मेवारीसमेत सम्हालेका भौतिकमन्त्री वसन्त नेम्वाङ, पूर्वमन्त्री शेरबहादुर तामाङ पनि मेलम्ची पुगेका छन्।

Advertisement

ओलीको टोली मेलम्चीबाट हेलम्बुमासमेत जाने बताइएको छ। हेलम्बुको गणेशबगरमा प्रधानमन्त्री ओलीले पीडितसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top