पोहोरदेखि घरबारविहीन बनेकालाई सरकारले बल्ल पठायो राहत रकम

२५ असार ७८, शनिबार

२६ असार, विराटनगर ।
अघिल्लो वर्षको बाढी–पहिरोबाट घरबारविहीनलाई सरकारले बल्ल राहत रकम पठाएको छ ।

बाढी–पहिरोले घरबास क्षति गरेका तथा जोखिमका कारण विस्थापित परिवारको घर बनाउन सरकारले सम्बन्धित जिल्लाको विपद् व्यवस्थापन समितिमा एक वर्षपछि रकम पठाएको हो ।

२२ जिल्लाका चार हजार ९ सय ३७ लाभग्राहीको घर बनाउन रकम पठाएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । गएको वर्ष मनसुनमा सबैभन्दा बढी सिन्धुपाल्चोकमा क्षति पुर्याएको थियो ।

सिन्धुपाल्चोकका ८ सय ३९ घरपरिवार विस्थापित भएका थिए । त्यस्तै, कालीकोट, दार्चुला, बाग्लुङ, म्याग्दी, रुकुम, गोरखा, नुवाकोट, लमजुङ, बाजुरा, बझाङ, सङ्खुवासभा, धनकुटा, भोजपुर, पर्वत, जाजरकोट, रोल्पा, कास्की, स्याङ्जा, तनहुँ, मकवानपुर र मोरङमा पनि क्षति गरेको थियो ।

यी जिल्लाका प्रभावित व्यक्तिहरुको घर बनाउन तथा जग्गा नभएकाहरुलाई जग्गा व्यवस्थापन गर्न पहिलो किस्तामा झण्डै ३० करोड रुपैयाँ पठाएको प्राधिकरणका कार्यकारी अधिकृत अनिल पोखरेलले जानकारी दिए ।

यसवर्ष सरकारले मनसुनजन्य विपदबाट घर क्षति भए विवरण प्राप्त हुनासाथ अस्थायी आवास निर्माणको लागि रकम पठाउने निर्णय गरिसकेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top