प्रहरी हिरासतको ग्रिल तोडेर लहानबाट थुनुवा फरार

२५ असार ७८, शनिबार

२६ असार, लहान ।
इलाका प्रहरी कार्यालय लहानबाट एक जना थुनुवा फरार भएका छन् ।

Advertisement

लागू औषधसहित पक्राउ परेर हिरासतमा रहेका एक जना थुनुवा गएराति एक बजेतिर फरार भएका हुन् । उनी जेठ २० गते पक्राउ परेका थिए ।

उनी एक बजेतिर हिरासतको ग्रील तोडेर फरार भएको लहानका डीएसपी डा. तपन कुमार दाहालले जानकारी दिए । फरार भएका ती थुनुवाको नाम भने प्रहरीले खुलाएको छैन ।

Advertisement

खोजी कार्य भइरहेकाले समाउन समस्या होला भन्दै नाम भन्न नमिल्ने दाहालले बताए । नाम सार्वजनिक भए समाउन गाह्रो होला, उनले भने, हामी खोजीमा जुटेका छौँ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top