राष्ट्रपतिको हत्यापछि हैटीले बन्दरगाह, विमानस्थललगायत सुरक्षित राखिदिन आग्रह ग¥यो

२५ असार ७८, शनिबार

२६ असार, एजेन्सी ।

राष्ट्रपति जोभनेल मोइसीको हत्यापछि सङ्कटबाट प्रभावित क्यारेबियन देश हैटीमा अस्थिरता मौलाउने खतरा देखिएको भन्दै त्यहाँको अन्तरिम सरकारले संयुक्त राष्ट्र सङ्घ (यूएन) र संयुक्त राज्य अमेरिकालाई आफ्नो बन्दरगाह, एअरपोर्ट र अन्य रणनीतिक स्थल सुरक्षित राखिदिन आग्रह गरेको हैटीका एक उच्च अधिकारीले बताएका छन् ।

हैटीका राष्ट्रपति मोइसीको गएको बुधवार गोली हानी हत्या गरिएको थियो । मोइसीई उहाँको घरमा गोली हानी हत्या गरिएको दुई दिनपछि संयुक्त राज्यले एफबीआई र अन्य एजेन्ट पोर्ट–ओ–प्रिन्स पठाउने कुरा गरिसकेको छ ।

निर्वाचन मन्त्री म्याथियस पियरेले एएफपीसँग भने, ‘​हैटीका राष्ट्रपति मोइसीको हत्यापछि सेनाले अराजकता पैदा गर्नका लागि केही पूर्वाधार नष्ट गर्न सक्छ भन्ने लागेको छ । अमेरिकी विदेश सचिव र संयुक्त राष्ट्र सङ्घीय अधिकारीबीचको वार्तापछि हामीले हैटी सरकारलाई आवश्यक सहयोग गर्ने अनुरोध गरेका हौँ ।’

अमेरिकी विदेश विभाग र पेन्टागन दुवैले ‘सुरक्षा र अनुसन्धान सहयोग’ का लागि अनुरोध प्राप्त भएको पुष्टि गरेका छन् तर शान्ति सेना खटाउने भनेर प्रष्ट सूचना भने दिएका छैनन् । यद्यपि अधिकारीहरू पोर्ट–ओ–प्रिन्सको सम्पर्कमा रहेको उनीहरूले बताए ।

संयुक्त राष्ट्र सङ्घले यसबारे प्रतिक्रियाका लागि अनुरोधप्रति तत्काल स्पष्ट प्रतिक्रिया दिन अस्वीकार गरेको छ । संयुक्त राष्ट्र सङ्घका कुटनीतिक स्रोतले सुरक्षा परिषद्को प्रस्तावलाई हैटीवासीले भनेको जस्तै गर्न आवश्यक भएको सङ्केत गरेको थियो ।

वाशिङ्टनले हैटीको अनुसन्धानमा मद्दत गर्ने आफ्नो इच्छाप्रति सङ्केत गरिसकेको छ र ह्वाइट हाउसका प्रवक्ता जेन सासाकीले वरिष्ठ एफबीआई र अन्य अधिकारीहरू सकेसम्म चाँडो क्यारेबियन देश हैटीतर्फ लाग्ने शुक्रवार बताएका छन् ।

राष्ट्रपतिको क्रुर हत्याको योजना कसले बनाए होला भनेर प्रश्नहरू उब्जिएको छ । हत्यामा संलग्न रहेको आरोपमा कोलम्बियाली तथा अमेरिकी केही व्यक्तिलाई हिरासतमा लिइएको छ । हत्यापछि केही अमेरिकी तथा कोलम्बियाली सदस्यलाई सुरक्षा नियन्त्रणमा लिइएको सूचना हैटीका सञ्चारमाध्यमले बाहिर ल्याएका थिए ।

अनिश्चितताको बीचमा तीन व्यक्तिलाई ११ करोड जनसङ्ख्या भएको देश हैटीको सम्भावित नेताको रूपमा खडा गरिएको छ । त्यहाँ कुनै संसद् छैन ।

राष्ट्रपतिको हत्यापछि सुनसान राजधानीमा षड्यन्त्रको अनसमानबीच सडक तथा पसलमा चहलपहल बढेको छ भने सार्वजनिक यातायात फेरि सुरु भएको छ ।

अस्थिरताको सङ्केतहरू देखिँदा नागरिकहरू सुपरमार्केटमा आधारभूत आवश्यकताका सामान खरिद गर्न र भण्डारण गर्न खाना पकाउन ग्यास किन्न लामबद्ध हुन थालेका छन् ।

भोलि के हुन्छ हामीलाई थाहा छैन । दुर्दिनको अनुमानबीच नागरिकहरूले आफ्नो छाक टार्ने तयारी गरिरहेका छन्, एक स्थानीयले पोर्ट–ओ–प्रिन्समा सामान किन्दै गर्दा प्रतिक्रिया दिए ।

विगतमा फ्रान्सको अधिनस्थ यो कोलोनीमा विभिन्न समूहबीच शुक्रवार पनि झडप भएका थिए । यसका कारण राजमार्गसमेत प्रभावित बनेका थिए ।

यस हत्याको दिन बित्दै जाँदा अफ्रिकाको सबैभन्दा गरिब देशका धेरै मानिसहरूले न्यायको माग गरिरहेका छन् ।

राजधानीका बासिन्दाले एएफपीलाई भने, ‘विदेशीहरू यो अपराध गर्नका लागि देशमा आएका थिए । हामी हैटीवासी यसबाट विचलित भएका छौँ । घटनाको पछाडि कसको हात छ हामी यो जान्न चाहन्छौँ ।’

प्रहरीले २८ जना कोलम्बियाली तथा अमेरिकी समूहले आक्रमण गरेको तर यसको मुख्य योजनाकारको खोजी भइरहेको प्रहरीले जनाएको छ । छानबिनका लागि मोइसीको सुरक्षार्थ खटाइएका सुरक्षा टोलीलाई अदालतमा उपस्थित हुन भनिएको छ ।

हैटीका राष्ट्रपति मोइजको उहाँकै सुरक्षा सहयोगीद्वारा हत्या भएको हैटीका पूर्व सांसदले यहाँको म्याजिक–नाइन रेडियोसँगको कुराकानीमा बताउनुभएको छ । उहाँले हत्यारा विदेशी नभएको दाबी पनि गर्नुभयो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top