साना उद्यमीलाई २७ लाखको प्रविधि हस्तान्तरण

१८ असार २०७५, सोमबार
Share this
745shares

नगरकोट, असार १८

Advertisement

भक्तपुरका ४६ जना घरेलु तथा साना उद्यमीलाई करीब रु २७ लाख बराबरको प्रविधि हस्तान्तरण गरिएको छ । घरेलु तथा साना उद्योग कार्यालय भक्तपुरले भक्तपुर घरेलु तथा साना उद्योग संघको सिफारिसमा उक्त प्रविधि हस्तान्तरण गरेको हो । उद्योग कार्यालयमा आइतबार आयोजित कार्यक्रममा भक्तपुर क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य महेश बस्नेतले साना उद्यमीलाई प्रविधि वितरण गरे ।

वितरत सामग्रीमा जुकी मेशिन १० थान, कम्प्रेसर छ थान, सिलाइ मेशिन चार थान, हस्कर, स्ट्रोनर र पोलिसर दुई÷दुई थान, पर्पलाइजर, अटो क्लेभ, एलिभेटर, आइरन, ड्रायर, हुड ड्रायरलगायतका उपकरण रहेका छन् । ती उपकरण पाउने साना उद्यमीमा चिउरा मिल, राईस मिल, ब्यूटीपार्लर, च्याउखेती, जुत्ता बनाउने लगायतका छन् । सरकारको ८० प्रतिशत र साना उद्यमीको २० प्रतिशतको साझेदारीमा उक्त प्रविधि हस्तान्तरण गर्न साना उद्यमी छनोट समिति गठन गरिएको थियो ।

Advertisement

उद्यमी व्यवसायीको जानकारीको लागि सार्वजनिक सूचना जारी गरिएपछि प्राप्त आवेदनमध्ये प्रविधि हस्तान्तरण कार्यविधि पूरा गरेका साना उद्यमीलाई मात्रै प्रविधि हस्तान्तरण गरिएको उद्योग कार्यालय प्रमुख सीताराम खड्काले जानकारी दिए । प्रविधि पाएका उद्यमीले कम्तीमा पाँच वर्ष पाएको प्रविधि बेचबिखन गर्न तथा कसैलाई भाडामा लगाउन नपाइने सम्झौता गरिएको उद्योग कार्यालयका सूचना अधिकारी कमल निरौलाले बताए ।

कार्यक्रममा सांसद बस्नेतले आफूले पाएको प्रविधिको सही सदुपयोग गर्न उद्यमीलाई आग्रह गरे ।
रासस

Advertisement

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top