नेपाल आउने १५ लाख डोज खोप अमेरिकाबाट छुट्यो, सोमवार आइपुग्ने

२६ असार, काठमाडौं ।

अमेरिकाले नेपाललाई अनुदानमा दिने १५ लाख डोज खोप अमेरिकाबाट छुटेको छ । अमेरिकाले मोर्डनाको ३० लाख डोज खोप इन्डोनेसियालाई, पाँच लाख डोज भुटानलाई तथा जोनसन एन्ड जोनसनको १५ लाख डोज खोप नेपालका लागि पठाएको समाचार संस्था रोयटर्सले जनाएको छ ।

सोमवार बिहान खोप काठमाण्डौ आइपुग्ने प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले जानकारी दिए । जोनसन एन्ड जोनसनको खोपलाई विश्व स्वास्थ्य सङ्गठनले मान्यता दिएको छ भने नेपालको औषधि व्यवस्था विभागले पनि अनुमति दिने अन्तिम तयारी गरेको छ । यो खोप एक डोज लगाए पुग्छ ।

अमेरिकाले कम विकसित र विकासशील देशलाई दिने प्रतिबद्धता जनाएको आठ करोड डोज खोप अन्तर्गत ५० लाख डोज खोप तीन वटा देशका लागि पठाएको राष्ट्रपति जो बाइडेनको प्रशासनलाई उद्धृत गर्दै रोयटर्सले उल्लेख गरेको छ ।

अमेरिकाका वैज्ञानिक कानुनी र नियामक निकायका प्राविधिकले नेपाल र भुटानमा खोपको प्रभावकारी वितरणका लागि मिलेर काम गरेको पनि खबरमा उल्लेख छ ।

अमेरिकाले चीनको प्रभावमा रहेका देशमा खोप कुटनीति गरिरहेको आरोप लाग्ने गरेको छ । तर ह्वाइट हाउस प्रशासनले भने महामारीको अन्त्य र मानवीय सहयोगका लागि खोप वितरण गरिरहेको जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top