नेपालपक्षका नेताहरु कोटेश्वरबाट फर्किएपछि एमाले कार्यदलको बैठक सुरु

२६ असार, काठमाडौं ।

Advertisement

नेकपा एमालेको विवाद समाधान गर्न गठित कार्यदलको बैठक सुरु भएको छ । माधव नेपाल पक्षका नेताहरु कोटेश्वरबाट फर्किएसँगै बैठक सुरु भएको हो ।

बैठक अघि माधव नेपाल पक्षीय कार्यदलका सदस्यहरु नेपालको निवास कोटेश्वरमा छलफलका लागि पुगेका थिए । दिउँसो साढे २ बजे बस्ने भनिएको बैठक ढिलागरी पौने ५ बजेदेखि सुरु भएको हो ।

Advertisement

शुक्रबार झण्डै ८ घण्टा सिंहदरबारमा बसेको कार्यदलको बैठकले विवाद निम्त्याएका एजेण्डामा सहमति जुटाएको नेताहरुको भनाई थियो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top