अर्घाखाँची : बढी भाडा लिने ६ वटा गाडीलाई १५र१५ सय जरिबाना तिराइयो

२६ असार ७८, आइतबार

२६ असार, अर्घाखाँची ।

Advertisement

अर्घाखाँचीमा तोकिएको भन्दा बढी भाडा लिने ६ वटा सार्वजनिक सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिइ जरिबाना गरेको छ ।

गोरुसिङ्गे–सन्धिखर्क सडकमा चल्ने सार्वजनिक गाडीले यात्रुसँग तोकिएको भन्दा बढी भाडा असुलेको पाइएपछि ६ वटा गाडीलाई नियन्त्रणमा लिइ कारबाहीसहित जरिबाना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यलयका प्रमुख प्रविन आचार्यले बताए ।

Advertisement

यातायात व्यवसायीका पदाधिकारीलगायतको उपस्थितिमा चालक तथा सहचालकलाई ट्राफिक सचेतना दिइ दुई वटा बस, तीन वटा माइक्रोबस र एउटा जीपलाई १५ सय रुपैयाँका दरले जरिबाना तिराइएको प्रहरीको भनाइ छ ।

सार्वजनिक गाडीले यात्रुसँग तोकिएको भन्दा बढी भाडा लिएपछि ट्राफिक प्रहरीले तत्कालै बढी लिइएको रकम फिर्ता गराएको थियो । तिनै गाडीका धनीबाट जरिबाना तिराइएको प्रहरीको भनाइ छ ।

Advertisement

जिल्लामा निषेधाज्ञामा जोर–बिजोर हटेपछि सन्धिखर्क–गोरुसिङ्गे सडक खण्डमा प्रहरीले गाडी जाँचमा प्रहरीले कडाइ गरेको हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top