नेपाली राष्ट्रिय फुटबल टिम नगदसहित पुरस्कृत

२६ असार ७८, आइतबार

२७ असार, काठमाडौं ।

Advertisement

थ्री नेसन्स कप अन्तराष्ट्रिय फुटबलको उपाधि विजेता नेपाली राष्ट्रिय फुटबल टिम नगदसहित पुरस्कृत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले एक कार्यक्रमकाबीच विजेता टोलीका खेलाडी ४–४ लाख र प्रशिक्षकलाई २ लाख रुपैयाँ नगदसहित पुरस्कृत गरेका हुन् ।

Advertisement

सरकारले यस अघि नै घोषणा गरेको पुरस्कार आइतबार खेलाडीलाई प्रदान गरेको हो । थ्री नेसन्सको उपाधि जितेपछि बसेको मन्त्रिपरिषद्को बैठकले विजेता खेलाडीलाई जनही ४–४ लाख दिने निर्णय गरेको थियो ।

गत चैत १६ गते भएको थ्री नेसन्स कपको फाइनलमा नेपालले बंगलादेशलाई २–१ ले हराएर उपाधि जितेको थियो ।

Advertisement

दशरथ रंगशालामा भएको उक्त फाइनल हेर्न प्रधानमन्त्री ओली रंगशाला पुगेका थिए । उनले उपाधि विजेता खेलाडीलाई मैदानमा गएर बधाई दिएका थिए ।

थ्री नेसन्सको उपाधि नेपालले ३७ वर्षपछि घरेलु भूमिमा जितेको पहिलो उपाधि हो ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top