भारतले अफगानिस्तानबाट आफ्ना कर्मचारीलाई फिर्ता गर्‍यो

२६ असार ७८, आइतबार

२७ असार, एजेन्सी ।

अफगानिस्तानको कान्दाहारमा रहेको आफ्नो कूटनीतिन नियोगबाट भारतले आफ्ना कर्मचारीलाई फिर्ता लगेको बताएको छ । अफगानी सेना र तालिबानीहरुबीच कान्दाहार प्रान्तमा केही दिनयता देखि तनाब बढेको छ ।

सो क्षेत्रमा तनाव बढ्न थालेपछि भारतले आफ्ना कर्मचारीलाई कान्दाहारमा रहेको नियोगबाट फिर्ता गरेको बताएको हो । भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले आइतबार यस विषयमा जानकारी दिए ।

अफगानिस्तानको दक्षिणी कान्दाहार शहरमा तालिबानी लडाकूले कब्जा गर्न थालेको भन्ने समाचार अएपछि भारतले सो शहरमा रहेको आफ्नो नियोगबाट आफ्ना कर्मचारीहरुलाई बाहिर निकालेको जनाएको छ ।

भारतीय विदेश मन्त्रालयका प्रवक्ता अरिन्दम बागचीले भारतले अस्थायी रुपमा यो काम गरेको जानकारी आइतबार दिएका हुन्। भारतले आफ्नो कर्मचारीलाई शनिबार नै सो शहरबाट फिर्ता गरेको थियो ।

प्रवक्ता अरिन्दम बागचीले तर सो स्थानमा रहेको भारतको कन्सुलेट कार्यालय भने बन्द गरेको छैन । आफ्ना कर्मचारीको सुरक्षाका लागि उनीहरुलाई कान्दाहारबाट फिर्ता गरिएको तर कन्सुलेट कार्यालय भने बन्द नगरिएको उनले बताए ।

साथै प्रवक्ता बागचीले भारतीय अधिकारीहरुले अफगानिस्तानमा विकसित सुरक्षा चुनौतीलाई नजिकबाट नियालिरहेको पनि बताए । उनले पछिल्लो समयमा अफगानिस्तानमा विकसित भएको परिस्थिति र त्यहाँको सुरक्षा अवस्थाका बारेमा भारतले नियालेको उनले बताए ।

प्रवक्ता बागचीले भने– ‘कान्दाहारमा रहेको भारतको कन्सुलेट जनरल कार्यालय बन्द भएको छैन । तत्कालको लागि कान्दाहार सहर नजिकै युद्ध भइरहेकोले भारतीयहरुको सुरक्षाका कारण उनीहरुलाई फिर्ता ल्याइएको हो ।

भर्खरको समाचार

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

‘बा’,‘ओली–नोमिक्स’,‘राजनेता’, ‘युग पुरुष’ हुँदै ओली आउटसम्म

KP_oli_GWvsFkDBBI

अब पोखराबाट सिधै दुबई, दैनिक अन्तर्राष्ट्रिय उडान तय

pokhara-airport

बलोच उग्रवादी समूहलाई ‘फितना अल–हिन्दुस्तान’ भनेपछि…

Screenshot 2026-06-10 125253

प्रधानमन्त्री र अर्थमन्त्रीमाथि नियोजित घेराबन्दी ? कसले गर्यो ?

Finance Ministry_-199

अपाचे खसालेपछि इरानमा अमेरिकाको जवाफ, युएस ‘फिफ्थ फ्लिट’मा इरानी ड्रोन प्रहार

flags of USA and Iran

सम्बन्धित समाचार

Scroll to Top