होटल क्षेत्रमा बैंकहरूको १ खर्ब ८० अर्ब कर्जा लगानी

२८ असार, काठमाडौं ।

कोभिडका कारण प्रभावित होटल व्यवसायमा बैंक तथा वित्तीय संस्थाले चालू आर्थिक वर्ष (आव)को ११ महीनामा १ खर्ब ८० अर्ब २० करोड रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

यो वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरूले प्रवाह गरेको कुल कर्जा लगानीको ४ दशमलव ४ प्रतिशत हो । यस अवधिमा बैंकहरूले क्षेत्रगत कर्जा अन्तर्गत ४० खर्ब ९५ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

Advertisement

चालू आवको जेठ मसान्तसम्ममा होटल क्षेत्रमा २७ ओटा वाणिज्य बैंकले मात्रै १ खर्ब ६१ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका छन् । यो वाणिज्य बैंकको कुल कर्जा प्रवाहको ४ दशमलव ४३ प्रतिशत हो । यसैगरी १८ ओटा विकास बैंकले १५ अर्ब ४१ करोड ५० लाख र २० ओटा वित्त कम्पनीले ३ अर्ब ३४ करोड ६० लाख रुपैयाँ कर्जा प्रवाह गरेका छन् ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार होटल तथा रेष्टुराँ शीर्षकमा वाणिज्य बैंकमध्ये प्रभु बैंकले सबैभन्दा बढी कर्जा प्रवाह गरेको छ । सो बैंकले १४ अर्ब २७ करोड ८६ लाख रुपैयाँ कर्जा प्रवाह गरेको हो । यो वाणिज्य बैंकले सो शीर्षकमा प्रवाह गरेको कुल कर्जाको ८ दशमलव ८४ प्रतिशत हो ।

होटल क्षेत्रमा दोस्रो बढी कर्जा प्रवाह गर्नेमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ । बैंकले ११ अर्ब ८४ करोड कर्जा यस क्षेत्रमा लगानी गरेको छ । यसपछि प्राइम कमर्शियल बैंकले १० अर्ब ७२ करोड, एनआईसी एशिया बैंकले ९ अर्ब ७३ करोड, ग्लोबल आईएमई बैंकले ९ अर्ब ५८ करोड, राष्ट्रिय वाणिज्य बैंकले ८ अर्ब ७५ करोड, नेपाल बैंकले ७ अर्ब १८ करोड र मेगा बैंकले ७ अर्ब १२ करोड कर्जा प्रवाह गरेका छन् ।

यसैगरी कुमारी बैंकले ६ अर्ब ९४ करोड, हिमालयन बैंकले ६ अर्ब ७२ करोड र सिद्धार्थ बैंकले ६ अर्ब ७० करोड कर्जा प्रवाह गरेका छन् । यसबाहेक एनएमबि, बैंक अफ काठमाडौं र नबिलले साढे रू. ५ अर्ब हाराहारीमा कर्जा लगानी गरेका छन् ।

नेपाल एसबिआई, लक्ष्मी र सानिमा बैंकले ४ अर्बदेखि ५ अर्बसम्म कर्जा प्रवाह गरेका छन् । यस्तै, कृषि विकास बैंक, माछापुच्छ , सेञ्चुरी, सनराइज, सिभिल र नेपाल क्रेडिट एण्ड कमर्श बैंकले ३ अर्बदेखि ४ अर्बसम्म कर्जा लगानी गरेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । साथै नेपाल बंगलादेश, सिटिजन्स, एभरेष्ट र स्ट्याण्डर्ड चार्टर्ड बैंकले साढे १ अर्बदेखि ३ अर्बसम्म कर्जा होटल व्यवसायमा प्रवाह गरेका छन् ।

भर्खरको समाचार

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

बागमती प्रदेशका आधा दर्जन जिल्लामा वर्षा, आज कहाँ कहाँ पर्छ पानी ?

mausam-2075-12-18-768x388

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

सम्बन्धित समाचार

Scroll to Top