×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

राजपा कब्जा गर्न होडबाजी

२८ असार २०७८

२८ असार, काठमाडौं ।

‘राष्ट्रिय जनता पार्टी (राजपा), नेपाल’ नाम कब्जा गर्न जनता समाजवादी पार्टीको महन्थ ठाकुर र उपेन्द्र यादव पक्षबीच होडबाजी चलेको छ। तत्कालीन राजपा र समाजवादी पार्टी मिलेर जनता समाजवादी (जसपा) बनेको हो। तत्कालीन अवस्थामा राजपाको नेतृत्व ठाकुरलगायत नेता र समाजवादीको नेतृत्व यादवले गरेका थिए।

Advertisement

अहिले निर्वाचन आयोगमा राजपा, नेपाल नामक पार्टी दर्ता गरी कब्जा गर्न जसपाका ठाकुर र यादव दुवै पक्षबाट निवेदन परेको छ। आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले राजपा नेपाल नामक पार्टी दर्ता गर्न दुईवटा छुट्टाछुट्टै निवेदन दर्ता भएको बताए।

प्रवक्ता श्रेष्ठका अनुसार शुक्रबार हरिनारायण यादव अध्यक्ष रहेको राजपा, नेपाल दर्ता गर्न आयोगमा निवेदन परेको थियो। त्यसको तेस्रो दिन आइतबार अजय झा अध्यक्ष रहेको राजपा, नेपाल दर्ता गर्न आयोगमा निवेदन दर्ता भएको जानकारी उनले दिए।

‘हामीले पार्टी दर्ताका लागि निवेदन लिएका मात्र हौं’, प्रवक्ता श्रेष्ठले भने, ‘निवेदन लिँदा पार्टीको नाम भिडाउने गरिँदैन।’ निवेदनमा छानबिन गरी विधिवत रूपमा पार्टी दर्ता गर्ने बेला भने नाम भिडाउने व्यवस्था कानुनमा रहेको उनले बताए।

पार्टी दर्ताका लागि एउटै नाममा पनि फरकफरक व्यक्तिले निवेदन दिन सक्ने बताउँदै श्रेष्ठले भने, ‘दल दर्ताको प्रमाणपत्र दिँदा भने सबै प्रक्रिया पूरा गर्छौं।’ दुई पार्टी एकीकरण भएपछि एक एक वर्षसम्म पुरानो दलको नाम आयोगमा दर्ता गर्न नमिल्ने कानुनी व्यवस्था छ। त्यसैले राजपा, नेपाल एक वर्षसम्म कसैले दर्ता गरेनन्।

Advertisement

यो समाचार आजको नागरिक दैनिकमा छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top