अफगानिस्तानमा कुल जनसङ्ख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक : राष्ट्रसङ्घ

२८ असार ७८, मंगलबार

२७ असार, एजेन्सी ।

Advertisement

द्वन्द्वग्रस्त अफगानिस्तानमा कुल जनसङ्ख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक भएको छ ।

संयुक्त राष्ट्रसङ्घीय निकायले निरन्तर हिंसात्मक घटना भइरहेकाले देशको कुल जनसङ्ख्याको आधा मानिसलाई मानवीय सहायता आवश्यक रहेको तथ्य सार्वजनिक गरेको हो ।

Advertisement

मानवीय सहायता आवश्यक परेकामध्ये पाँच वर्षमुनिका बालबालिका अग्रसूचीमा रहेका छन् । अफगानिस्तानका धेरै बालबालिकालाई कुपोषणको समस्या रहेको राष्ट्रसङ्घीय निकायले जनाएको छ ।

त्यसैगरी कोरोना भाइरसलगायतका सङ्क्रामक रोग तथा विभिन्न प्रकोपका कारण पनि मानवीय सहायताको आवश्यकता बढेको अफगानिस्तानका लागि राष्ट्रसङ्घको महासचिवका उपविशेष प्रतिनिधि रामिज अल्काब्रोभले बताएको एएनआईले जनाएको छ।

Advertisement

पछिल्लो पटक आक्रमणका घटनाहरु भइरहेकाले मानवीय सहायता आवश्यक पर्नेहरुको सङ्ख्या बढ्दै गइरहेको उनको भनाइ छ । मानवीय सहायता आवश्यक परेका मानिसलाई सहयोगका लागि आह्वान समेत गरिएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top