संविधानको धारा नै उल्लेख नगरी प्रधानमन्त्रीमा देउवाको नियुक्ती !

२९ असार, काठमाडौँ ।

Advertisement

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् ।

सर्वोच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदमुक्त गरी विपक्षी गठबन्धनका नेता देउवालाई दुई दिनभित्र प्रधानमन्त्री नियुक्त गर्न परमादेश जारी गरे राष्ट्रपति भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । देउवाले आज साँझ ६ बजे प्रधानमन्त्रीको पद तथा गोपनियताको शपथ लिने कार्यक्रम तय भएको छ ।

Advertisement

तर, कांग्रेस सभापति देउवा संविधानको कुन धाराअन्तर्गत प्रधानमन्त्रीमा नियुक्त भएका हुन् भन्ने विषयमा राष्ट्रपति कार्यालय भने मौन बसेको छ । संविधानको धारा उल्लेख गरेर प्रधानमन्त्री नियुक्त गर्ने प्रचलन रहे पनि देउवाको नियुक्तिमा कुनै धारा उल्लेख छैन ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जारी गरेको विज्ञप्तिमा भनिएको छ ‘संवैधानिक इजलासको मिति २०७८÷३÷२८ को फैसलाबमोजिम प्रतिनिधि सभाका सदस्य एवं नेपाली कांग्रेस संसदीय दलका नेता माननीय श्री शेरबहादुर देउवाज्यूलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नुभएको छ।’

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top