दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ७२ पुग्यो

२९ असार ७८, बुधबार

३० असार, एजेन्सी ।

Advertisement

दक्षिण अफ्रिकामा भएको हिंसात्मक प्रदर्शनमा ज्यान गुमाउनेको सङ्ख्या ७२ पुगेको छ ।

पूर्व राष्ट्रपति ज्याकोब जुमा जेल चलान भएसँगै सुरु भएको हिंसात्मक प्रदर्शनमा ७२ जनाको ज्यान गएको बीबीसीले जनाएको छ। ज्याकोब जुमा निर्दोष रहेको भन्दै उहाँका समर्थकले रिहाइको माग गर्दै विरोध प्रदर्शन गर्दै आएका छन् ।

Advertisement

हिंसा भड्कदै गएपछि दक्षिण अफ्रिकामा लुटपाटका घटना समेत बढेका छन् । लुटपाट कायम रहेमा छिट्टै नै अत्यावश्यक सामग्रीको अभाव हुने त्यहाँका अधिकारीहरुले बताएका छन् । हिंसा नियन्त्रणका लागि सेना परिचालन गरिएको छ । तर, पनि हिंसात्मक प्रदर्शन रोकिएको छैन ।

प्रहरीले अहिलेसम्म १२ सय जनाभन्दा धेरै प्रदर्शनकारीलाई पक्राउ गरेको छ । गएको हप्ता जुमाले प्रहरी समक्ष आत्मसमर्पण गरेसँगै समर्थकले विरोध प्रदर्शन गरिरहेका छन् । जुमामाथि भ्रष्टाचारको आरोप लागेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top