रविन्द्र मिश्रको आरोप – गोयलले मध्यरातमा आएर ओलीलाई थर्काए, देउवाको ढंग छैन

३१ असार, काठमाडौं ।

विवेकशील साझा पार्टीका अध्यक्ष रविन्द्र मिश्रले नेपालको राजनीतिक वजन नै हलुका भैसकेको टिप्पणी गरेका छन् । नवनियुक्त प्रधानमन्त्रीलाई छिमेकी देशका समकक्षीबाट बधाई नआएको उल्लेख गर्दै उनले सो टिप्पणी गरेका हुन् ।

पहिले नयाँ प्रधानमन्त्री नियुक्त हुँदा छिमेकी देशका समकक्षीबाट तुरुन्तै बधाई मात्र होइन भ्रमणको निम्तासमेत आउने गरेको मिश्रको भनाई छ ।

‘नयाँ प्रधानमन्त्री नियुक्त हुँदा छिमेकी देशका समकक्षीबाट तुरुन्तै बधाई मात्र होइन भ्रमणको निम्ता समेत आउँथ्यो। अब नेपाल यति हलुका बनिसक्यो कि राजदूतले ट्विटरमा या सरासर घरमा गएर बधाई दिए हुने भयो। नहोस् पनि कसरी ?’ मिश्रले भने ।

उनले निवर्तमान प्रधानमन्त्री केपी शर्मा शर्माप्रति संकेत गर्दै मध्यरातमा विदेशी गुप्तचर निकायका प्रमुख आएर थर्काएकोसम्म आरोप लगाए । ‘जुन देशका प्रधानमन्त्रीलाई विदेशी गुप्तचर निकायका प्रमुख आएर मध्यरातमा थर्काउँछन्, भुतपूर्व प्रधानमन्त्रीहरू विदेशी कुटनितिज्ञलाई भेट्न होटेलमा लाइन लागेर उभिन्छन्, नेताहरू देशमा संकट पर्यो कि दिनदाहडै विदेशी दुतावास धाउँछन्, विदेशी राजदूतहरू नेताका घरघर पुग्छन्, अन्तराष्ट्रिय कुटनीतिमा तिनको सम्मान हुनै सक्दैन।’ मिश्रले भने ।

भारतीय गुप्तचर संस्था रिसर्च एण्ड एनालाइसिस विंग (रअ) का प्रमुख सामन्तकुमार गोयलले गत ५ कात्तिकमा बुधबार बेलुकी बालुवाटार आएर ओलीलाई भेटेका थिए ।

उनले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाको ढंग नभएको पनि आरोप लगाए । ‘जसको इज्जत हुन्छ, त्यसलाई मात्र इज्जत गरिन्छ। यी नेताले यो देशको हुर्मत यति लिए कि त्यसलाई पुनर्स्थापना गर्न हम्मेहम्मे पर्नेछ। चार पटक पहिल्यै प्रधानमन्त्री भइसकेका शेरबहादुर देउवाको त ढङ्ग छैन। अरुको के कुरा गर्नु !’ मिश्रले भने ।

नवनियुक्त प्रधानमन्त्री देउवालाई छिमेकी देश भारत र चीनबाट औपचारिक रुपमा बधाई आएको छैन ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top