×

NEPAL TIMES UPDATES

Playing
पश्चिम नेपालबाट पानी पार्ने अर्को प्रणाली भित्रियो || Nepal Times
Apr 08, 2026
Playing
विश्व चकित पार्ने इरानी जनएकता,बमको ड रभन्दा ठूलो राष्ट्रप्रेम || Nepal Times
Apr 08, 2026
Playing
महाकालीका नाममा चन्दा, घट्टे खोलामा पुल, धुरुधुरु रोए हर्क || Nepal Times
Apr 08, 2026
Playing
देउवा र आरजुविरुद्ध सम्पत्ति शुद्धीकरणमा प क्रा उ पुर्जी जारी || Nepal Times
Apr 08, 2026
Playing
Top 15 Afternoon News || April-08-2026 || Nepal Times
Apr 08, 2026
Playing
इरानी मानव साङ्लोले बचायो देश, Russia–Chinaको ‘भिटो’, कसले जित्यो, कसले हार्यो ? || Nepal Times
Apr 08, 2026
Playing
Israelमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना || Nepal Times
Apr 08, 2026
Playing
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक प्रधानमन्त्री कार्यालयमा|| Nepal Times
Apr 08, 2026
Playing
आज विदेशी राजदूतहरूसँग प्रधानमन्त्रीको सामूहिक भेट#BALEN #NEPAL #PM || Nepal Times
Apr 08, 2026
Playing
राजनीतिक नियुक्ति खारेज गर्ने बालेनको अभियान, यस्ता छन् चुनौती|| Nepal Times
Apr 08, 2026

असारे विकासका नाममा मनलाग्दी खर्च

१ श्रावण २०७८

१ साउन, काठमाडौं ।

सरकारका विभिन्न निकायले चालू आर्थिक वर्षको अन्तिममा एकैदिन २९ अर्बभन्दा बढी बजेट खर्च गरेका छन् ।

Advertisement

असारे विकासका नाममा ती निकायले मनलाग्दी खर्च गरेका हुन् । नेपालमा प्रत्येक वर्ष असारे विकासको नाममा बालुवामा पानी खनाए सरि बजेट खन्याउँदा भ्रष्टाचार बढ्ने गरेको प्रशासकहरूको ठम्याइ छ ।

चालू आर्थिक वर्षको आर्थिक कारोबार हुने अन्तिम दिन बुधबार मात्रै सरकारले प्रशासनिक र विकासतर्फ गरी २९ अर्बभन्दा बढी बजेट खर्च गरेको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

त्यसरी भएको खर्चको सरकारी निकायबाट प्रभावकारी अनुगमन हुन सकेको छैन । अनुगमन नहुँदा नै विकासका नाममा अनावश्यक खर्च हुने क्रम बढेको हो ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार विगतका वर्षहरूमा जसरी नै यसवर्ष पनि पछिल्ला दिनमा सरकारी निकायको खर्च ह्वात्तै बढेको हो ।

जसअनुसार बुधबार एकै दिन २९ अर्बभन्दा बढी खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ । कार्यालयका अनुसार बिहीबार भने सरकारी खर्च भुक्तानी सम्बन्धमा कुनै काम भएन ।

महालेखा नियन्त्रकको कार्यालयले बिहीबार हिसाब मिलानको काम मात्रै गरेको थियो । भुक्तानीका सबै प्रक्रिया बुधबार नै सम्पन्न गरिएको कार्यालयले जनाएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार अन्तिम दिन पुँजीगत (विकास बजेट)तर्फ खर्चको बाढी आएको छ । कार्यालयका अनुसार चालू आर्थिक वर्ष २०७७÷७८ को अन्तिम पाँच दिनमा मात्र ३७ अर्ब ६७ करोड रुपैयाँ पुँजीगत खर्च भएको छ ।

आर्थिक वर्षको अन्तिम समयमा मनलाग्दी खर्च गर्ने प्रवृत्तिलाई निरन्तरता दिँदै सरकारी निकायले पछिल्लो ५ दिनमा ३७ अर्ब ६७ करोड ८२ लाख रुपैयाँ पुँजीगत खर्च गरेका छन् ।

कार्यालयका अनुसार सरकारले बुधबार मात्रै १५ अर्ब ९७ करोड ७७ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ तर चालू खर्चसमेत जोड्दा यो तथ्यांक २९ अर्बभन्दा माथि पुगेको कार्यालयले जनाएको छ ।

यस्तै, सरकारी निकायले पुँजीगततर्फ मंगलबार ८ अर्ब १८ करोड ९२ लाख रुपैयाँ खर्च गरेका थिए । यस्तै, सोमबार ६ अर्ब ५४ करोड १२ लाख रुपैयाँ खर्च भएको थियो भने आइतबार ३ अर्ब ५० करोड ६० लाख रुपैयाँ खर्च भएको थियो । गत शुक्रबार ३ अर्ब ४६ करोड ४१ लाख रुपैयाँ खर्च भएको कार्यालयको तथ्यांक छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले बुधबारसम्ममा २ खर्ब २७ अर्ब ७३ करोड ८४ लाख रुपैयाँ पुँजीगत खर्च गरेको छ । जुन लक्ष्यको ६४.५३ प्रतिशत हो ।

Advertisement

समग्रमा भने कुल ९१.१९ प्रतिशत बजेट खर्च गर्ने लक्ष्य राखिएकोमा ८०.०३ प्रतिशत मात्रै खर्च भएको छ ।

भर्खरको समाचार

इरानी जनताको अभूतपूर्व एकता, जसले ट्रम्पलाई झुकायो,रातभर जाग्राम

US-Iran-1

देउवा दम्पतीविरूद्ध पक्राउ पुर्जी जारी, हङकङत्रबाट कसरी पक्राउ पर्छन?

deuba-aarju

‘संविधान संशोधन कार्यदल’को पहिलो बैठक आजः को को सहभागी हुँदैछन् ?

Screenshot 2026-04-08 140934

इजरेलमा रहेका नेपालीलाई ‘अत्यन्त जरुरी’ सूचना

Screenshot 2026-04-08 130237

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

सम्बन्धित खबरहरु

Scroll to Top