६४ लाख डोज खोप आउँदै : ३२ लाख साउन १५ सम्ममा आइपुग्ने

३ साउन, काठमाडौं ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा थप ६४ लाख डोज खोप आउने पक्का भएको जानकारी दिएको छ । चीनसँग खरीद गरिएको ४० लाख डोज खोपमध्ये ३२ लाख डोज साउन १५ गतेसम्ममा आइपुग्ने र थप ३२ लाख खोप आउने निश्चित भएको भएको मन्त्रालयले विज्ञप्तिमार्फत जानकारी गराएको हो ।

सरकारले चीनको खोप निर्माता कम्पनी सिनोफार्मसँग ४० लाख डोज ‘भेरोसेल’ खोप खरीद गर्ने सम्झौता गरेको थियो, जसमध्ये ८ लाख डोज गत असार २४ गते आइपुगेको थियो ।

दोस्रो चरणको खोप साउन ६ गते आइपुग्ने भन्दै मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले असार १५ गतेसम्ममा सबै खोप आइपुग्ने जानकारी दिए ।

शुक्रवार मात्रै चीनले थप १६ लाख डोज खोप अनुदानमा उपलब्ध गराउने वाचा गरेको छ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्दै नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले चीनले नेपाललाई खोप अभियानका लागि सहयोग गर्ने बताएकी थिइन् ।

यसबाहेक जापानबाट पनि १६ लाख डोज खोप आउने पक्का भएको मन्त्रालयका सहप्रवक्ता डा. अधिकारीले बताए । ‘खरीद गरिएको ३२ लाखसहित ६४ लाख खोप आउने पक्का भएको छ,’ उनले भने ।

हालसम्म प्रत्यक्ष अनुदानमा प्राप्त २९ लाख, कोभ्याक्स अन्तर्गत १८ लाख ८२ हजार र खरीद गरिएको १८ लाख गरी ६५ लाख ८२ हजार डोज खोप आइसकेको छ ।

नेपालमा भारतले अनुदानमा उपलब्ध गराएको ‘कोभिशिल्ड’ खोपबाट खोप अभियान शुरू गरिएकोमा हालसम्म २७ लाख ६५ हजार ७०९ ले लगाएका छन् ।

भारतले अनुदानमा उपलब्ध गराएको, भारतीय सेनाले नेपाललाई सहयोग गरेको, कोभ्याक्स सुविधाअन्तर्गत उपलब्ध र नेपालले खरिद गरेकोमध्येबाट हालसम्म २२ लाख ८८ हजारले कोभिशिल्ड र १३ लाख ९७ हजारले चीनबाट ल्याइएको खोप भेरोसेल लगाएका छन् । अमेरिकी सहयोगमा प्राप्त १६ लाख खोप पनि साउन ४ गतेदेखि लगाउन शुरू गरिने मन्त्रालयले बताएको छ ।

भेरोसेलको दोस्रो मात्रा सहज उपलब्ध हुने देखिए पनि यसअघि पहिलो मात्रा लगाएका १८ लाख २८ हजार जनाले कोभिशिल्डको दोस्रो मात्रा लगाउन पाएका छैनन् ।

१८ वर्ष माथिका सबैलाई खोप लगाउनेगरी खोप आउन लागेको भन्दै मन्त्रालयका सहप्रवक्ता अधिकारीले कोभिशिल्डको दोस्रो मात्रा लगाउन पुग्नेगरी उक्त खोप समेत आउन लागेको बताए ।

भर्खरको समाचार

अन्तर्वार्ताको बिचमै ट्रम्प रिसाएर हिँडेपछि भाइरल

200927-donald-trump-jm-1433_2ecab3b8e6edbead73e1276361056151.fit-760w

इरानसँग लामो भिडन्तको तयारीमा इजरेल, नेतन्याहूले बोलाए सुरक्षा बैठक

630a82a3-8f0a-499b-a3bd-fe1dff63511c (1)

गोर्खा सैनिकलाई न्याय दिलाउन उभियो बालेन सरकार

Screenshot 2026-06-09 105635

सी किन पुगे उत्तर कोरिया? जापान–युएसको निन्द्रा हर्न कि रुसलाई लगाम कस्न?

f49a2c9f-40bb-464f-8d0d-15f29cb9639f

ISRO का कयौं लन्चिंग फेल, चीन–पाकको आँखाबाट कसरी बच्ला ?

aditya-l1-launch-ISRO-scaled

सदनमा सधैँको रमिता, २० दिनदेखि बालेनकै वरिपरि संसद्

IMG-20260531-WA0354

५ दिनपछि बस्दा पनि संसद् बैठक चल्न सकेन,विपक्षी पुरानै अडानमा

6f9dc162-01bf-4900-856d-71419a2ba842

७० बढी देशलाई उछिन्दै नेपाली विद्यार्थीको ऐतिहासिक उपलब्धि

Artificial-Intelligence-AI

नयाँ बजेटअनुशार जिली एइक्स ५ को नयाँ मूल्य घोषणा

WhatsApp_Image_2026-06-08_at_2.40.35_PM

रास्वपा अधिवेशन : कतै कुटाकुट, कतै रवि र बालेन्द्रका गुट

WhatsApp Image 2026-06-08 at 1.10.37 PM

सम्बन्धित समाचार

Scroll to Top