देउवालाई भोट दिन हेलिकप्टर चढेर काठमाडौं फर्किए गगन

देउवालाई भोट दिन हेलिकप्टर चढेर काठमाडौं फर्किए गगन

३ साउन, काठमाडौं ।

प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन नेपाली कांग्रेसका सांसद गगन थापा हेलिकप्टरमार्फत् काठमाडौं आएका छन् ।

दिवंगत कांग्रेस नेता एवं आफन्त रामजी कुँवरको १३ औं दिनको पुन्यतिथिको काममा सहभागी हुन उनी पोखरा पुगेका थापा देउवाले एक्कासी विश्वासको मत लिने निर्णय गरेपछि हतारहतार काठमाडौं फर्किएका हुन् ।

पहिरोले सडक अवरूद्ध भएपछि उनी दमौलीबाट हेलिकप्टरमार्फत् काठमाडौं आइपुगेको स्रोतले बतायो । उनी दुई दिन अघि पोखरा गएका थिए ।

[addthis tool="addthis_inline_share_toolbox_jbtm"]

© copyright 2026 and all right reserved to Nepal Times | Design By : InDesign Media Pvt. Ltd.