कालिकोटको रास्कोट अस्पतालमा अक्सिजन प्लान्ट जडान

४ साउन ७८, सोमबार
Share this
782shares

४ साउन, कालिकोट ।

Advertisement

कालिकोटको रास्कोट नगरपालिकामा रहेको रास्कोट अस्पतालमा मिनी अक्सिजन प्लान्ट जडान गरिएको छ ।

कोभिड–१९ का बिरामीलाई उपचार सहज होस् भनेर राष्ट्रिय आविष्कार केन्द्रले निःशुल्क मिनि अक्सिजन प्लान्ट जडान गरेको हो ।

Advertisement

विकट तथा हिमाली जिल्लाका नागरिकलाई कोभिड–१९ को महामारीबाट बचाउन आविष्कार केन्द्रले स्वास्थ्य सामग्री निर्माण गरी निःशुल्क वितरण गर्दै आएको सो केन्द्रका रितेश देवले बताए।

“हामीले देशका विभिन्न भागमा स्वास्थ्य सामग्री वितरण गर्दै आएका छौँ” उनले भने, “त्यसै आधारमा कर्णाली प्रदेशको रास्कोट नगरपालिकाको रास्कोटमा पनि मिनि अक्सिजन प्लान्ट जडान गरेका हौँ ।”

Advertisement

मिनि अक्सिजन प्लान्टबाट प्रतिमिनेट ६० लिटर अक्सिजन उत्पादन हुने र अक्सिजन प्लान्ट जडान गरेर १० वटा श्यया अक्सिजन सिलिण्डर जडान गरिएको देवले बताए ।

“कोरोनाका बिरामीलाई अक्सिजनको अभाव नहोस् भनेर प्लान्ट जडान गरिएको छ” उनले भने, “दुर्गम क्षेत्रलाई आविष्कार केन्द्रले विशेष महत्व दिएको छ ।”

कोरोना सङ्क्रमितलाई अक्सिजनको अभावमा बाहिर रिफर गर्नुपर्ने अवस्था रहेकोमा अब यहाँ अक्सिजन प्लान्ट जडान भएपछि जटिल खालका बिरामीलाई अस्पतालमा नै उपचार गर्न सकिने रास्कोट अस्पतालका प्रमुख डा।भोजराज बमले जानकारी दिए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top