नेपालप्रति ओली आक्रोश, रावलको प्रशंसा

५ साउन, काठमाडौँ ।

एमाले अध्यक्ष एवं निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार र देउवा सरकार बनाउन सहयोग गर्ने दलहरूप्रति आक्रोश पोखेका छन् ।

देउवा सरकारले विश्वासको मत पाएको भोलिपल्ट सोमबार बसेको पार्टी केन्द्रीय कमिटी बैठकमा बोल्दै उनले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललगायतप्रति आक्रोश पोखेका हुन् ।

Advertisement

बैठकमा ओलीले कांग्रेस विगतदेखि नै आफैं आक्रमण गर्ने, आफंै मुद्दा हाल्ने प्रवृत्तिको पार्टी भएको आरोप लगाए । उनले आफ्नो नेतृत्वको सरकार बहिर्गमनपश्चात बनेको गठबन्धनको देउवा सरकारलाई ‘टालाटुली’को संज्ञा दिए ।

‘अब सत्ताको दुरुपयोग गरेर हामीमाथि हमला सुरु गर्छन् । देउवाले लिएको विश्वासको मत कवाडीको रिसाइकलबाट भाडाकुँडा बटुलेर बनेको टालाटुली बाटुली कति राम्री पुतली भन्ने खालको हो,’ ओलीले भने ।

बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नेता नेपाललाई ‘विषवृक्ष’ को संज्ञा दिए । प्रधानमन्त्री देउवालाई विश्वासको मत दिएका नेपालप्रति आक्रोशित अध्यक्ष ओलीले भने, ‘पार्टीमा उहाँ (माधव)लाई सम्मान भएन रे । विषवृक्षलाई अझै सम्मान ?’

माओवादी केन्द्रका दाहालप्रति प्रहार गर्दै ओलीले भने, ‘माओवादी शिथिल छ । नत्र ऊ पनि अपराधको कर्मबाट आएको पार्टी हो । हुन त प्रतिपक्ष कसरी अगाडि बढ्छ भन्ने कुरा हो । विगतलाई फर्केर हेर्दा हामी आवश्यकताअनुसार परिआए जुझारु ढंगले सशक्त प्रतिवाद गर्न तयार हुनुपर्छ ।’

बैठकमा अध्यक्ष ओलीले पार्टी उपाध्यक्ष भीम रावलको भने प्रशंसा गरेका थिए ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top