मोटरसाइकल ठक्करबाट पैदलयात्रीको मृत्यु, तीन घाइते

४ साउन ७८, मंगलबार

५ साउन, दमक ।

मोटरसाइकलको ठक्करबाट झापा गौरादहमा गए राति एक पैदलयात्री वृद्धको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका गौरादह–३ का ७२ वर्षीय चेतबहादुर दाहालको दमकस्थित लाइफ लाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । अन्य घाइतेको दमक र विराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक नवराज कार्कीले बताए ।

प्रहरीका अनुसार गौरादह बजार उत्तर सडकखण्डमा पैदल हिँडिरहेका दाहाललाई प्र१०१–०१२प५९९० नंको मोटरसाइकलले सोमबार साँझतिर ठक्कर दिएको थियो ।

दुर्घटनामा परेर दाहालसँगै रहेका गौरादह–३ का मोहन उप्रेती पनि सामान्य घाइते भएका थिए । ठक्कर दिने मोटरसाइकल चालक गौरादह–४ का २८ वर्षीय भरत रिजालको विराटनगरस्थित न्यूरो अस्पताल र त्यसमा सवार सोही वडाका २६ वर्षीय रविन पौडेलको भने लाइ फलाइन अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top