सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट

५ साउन ७८, मंगलबार
Share this
697shares

५ साउन, कर्णाली ।

Advertisement

जिल्ला प्रहरी कार्यालय सुर्खेतले तीन दिनमा सात हजार लिटर अवैध घरेलु मदिरा नष्ट गरेको छ ।

सुर्खेत जिल्लाका चार गाउँपालिका र पाँच नगरपालिकाका विभिन्न स्थानबाट अवैध घरेलु तयारी मदिरा तथा मदिरा उत्पादन गर्न प्रयोग गरिएको कच्चा पदार्थसहित सात हजार १५७ लिटर मदिरा बरामद गरी नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए ।

Advertisement

प्रहरी नायब उपरीक्षक घर्तीले दुई हजार २५७ लिटर तयारी मदिरा र चार हजार ९०० लिटर मदिरा उत्पादनका लागि प्रयोग गरिएको कच्चा पदार्थ नष्ट गरिएको बताए ।

सामाजिक अपराधका अधिकांश घटना मदिराका कारण घट्ने भएकाले त्यसको नियन्त्रण तथा निराकरण गर्ने लक्ष्यका साथ चालु आवको प्रारम्भदेखि अभियान थालिएको उनको भनाइ छ ।

Advertisement

त्यस्तै सुर्खेत प्रहरीले जबर्जस्ती करणी मुद्दाका चार वर्षदेखि फरार प्रतिवादी वीरेन्द्रनगर नगरपालिका–१ सुर्खेतका ३७ वर्षीय मदन विकलाई सोमबार पक्राउ गरेको छ ।

प्रहरीका अनुसार विकलाई जिल्ला अदालत सुर्खेतले विसं २०७४ कात्तिक २८ गते जबर्जस्ती करणी मुद्दामा १० वर्ष कैदको फैसला आदेश गरेको थियो ।

अदालतको फैसला कार्यान्वयनका लागि प्रहरीले थालेको विशेष अभियानअन्तर्गत पक्राउ परेका फरार प्रतिवादी विकलाई अदालतसमक्ष बुझाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top