नेपालमा थप ३१०८ जनामा कोरोना पुष्टि, २५ को मृत्यु

५ साउन, काठमाडौं ।

Advertisement

पछिल्लो २४ घण्टामा नेपालमा ३१०८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पीसीआर विधिबाट २२०२ र एन्टिजेन विधिबाट ९०६ जनामा संक्रमण पुष्टि भएको हो ।

मंगलबारको प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयले सो जानकारी दिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या पीसीआरबाट ६ लाख ७० हजार ९५३ र एन्टिजेनबाट ५० हजार ६६४ जना पुगेको छ ।

Advertisement

यस्तै, आज थप १५९५ जना कोरोना संक्रमण मुक्त भएका छन् । यससँगै कुल कोरोना संक्रमण मुक्त हुनेको संख्या ६ लाख ३४ हजार ९२७ जना पुगेको छ । निको हुनेको दर ९४.६ प्रतिशत छ ।

आज संक्रमणबाट थप २५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट ज्यान गुमाउनको कुल संख्या ९ हजार ६०७ पुगेको छ ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Desktop Popup ImageMobile Popup Image×
Scroll to Top