×

Connection Required

Please add your YouTube API Key to the website code to load the latest videos.

द हन्ड्रेडु प्रतियोगिता गुमाउने भएपछि सन्दीप निराश

५ श्रावण २०७८

५ साउन, काठमाडौं ।

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेले भिसाकै कारण द हन्ड्रेड क्रिकेट प्रतियोगिता नखेल्ने पक्का भएको छ । सामाजिक सञ्जाल फेसबुकमार्फत सन्दीपले इङ्ल्यान्ड र वेल्स क्रिकेटको आयोजनामा हुने द हन्ड्रेड प्रतियोगिता गुमाउने पक्का भएको जानकारी दिएका हुन् ।

Advertisement

यो प्रतियोगिता गुमाउन पुगेकोमा आफू निकै निराश भएको सन्दीपले फेसबुकमा लेखेका छन् ।

यही बिहीवारदेखि सुरु हुने प्रतियोगितामा सन्दीपलाई झन्डै एक करोड नेपाली रुपैयाँमा ओभल इन्भिन्सिबल्सले अनुबन्ध गरेको थियो ।

गएको असार २४ गते इङ्ल्यान्ड गएका सन्दीपले गएको सोमवार बेलायत सरकारबाट मान्यता प्राप्त होटलमा १० दिनको क्वरेन्टीन समय माग गरेका थिए । इङ्ल्यान्ड क्रिकेट बोर्ड (ईसीबी) को निर्देशनअनुसार आफूले भिसाका लागि आवेदन दिएको पनि सन्दीपले बताएका छन् ।

सन्दीपले आफ्नो भिसा किन वैध नभएको भन्दै ईसीबीलाई प्रश्न पनि गरेका छन् । प्रतियोगितामा आफ्नो उपस्थितिलाई लिएर उत्साहित भएका प्रशंसकसँग पनि सन्दीपले माफी मागेका छन् ।

Advertisement

सन्दीप नखेल्ने भएपछि उनको ठाउँमा टी–२० वरीयताका नम्बर एक बलर दक्षिण अफ्रिकाका तबरिज साम्सीलाई खेलाउने बुझिएको छ ।

भर्खरको समाचार

आज सातै प्रदेशमा हावाहुरी र असिनासहित वर्षा  

mausam-2075-12-18-768x388

विश्वयुद्ध टर्याे, पाकिस्तानले गरायो युद्धविराम, इरानमा विजयोत्सव

US-Iran-1

ताइवानको हवाई क्षेत्र ४० दिनलाई बन्द, टापु निल्ने चीनको तयारी

taiwan-flag

अब डाटा सकिँदा नेपाल टेलिकमले स्वतः पैसा नकाट्ने

Nepal-Telecom

हर्कले दार्चुला पुगेर देखाए भारतले लिपुलेक पुग्न बनाएको सडक

harka-sampang-samsad (1)

इरानलाई एकै रातमा ध्वस्त बनाइदिन सक्ने,युद्धविराम अस्वीकार

Trump-Meets-With-Airline-Industry-CEOs-At-The-White-House-GettyImages-634384672-e1531160098739-1024x503

इन्धनको संकट टार्न बालेन सरकारले चाल्यो कडा कदम

petrol-pump-india_AFP

स्वर्णिमसंग ब्रोकरहरुको भेट, ६ बुँदे माग बुझेपछि अर्थमन्त्रीले के भने ?

Screenshot 2026-04-06 141228

इरान–युएस ४५ दिन युद्धविराम गर्न वार्तामा,अमेरिकी दूतावासहरूमा हमला

flags of USA and Iran

कांग्रेसपछि विशेष महाधिवेशनको रोग एमालेमा

kp-oli-sad

सम्बन्धित खबरहरु

Scroll to Top