बैंकका सबै सिस्टम सुरक्षित छन्,आतंकित हुनुपर्दैन : राष्ट्र बैंक

७ साउन, काठमाडौँ ।
नेपाल राष्ट्र बैंकले अहिलेसम्म नेपालका सबै बैंक तथा वित्तीय संस्थाका प्रणालीहरू सुरक्षित रहेको जनाएको छ । बुधबार अपरिचित व्यक्तिबाट राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याकिङ गरी पैसा चोरी गर्ने चेतावनी आएकोमा बैंकले सर्वसाधारणलाई सुरक्षा व्यवस्थाप्रति ढुक्क हुन आग्रहसमेत गरेको छ ।

राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले इनिसियल सेक्युरिटी एसेसमन्ट रिपोर्टका आधारमा अहिलेसम्म सबै सिस्टम सुरक्षित रहेको दाबी गरे । उनले भनते ‘अहिलेसम्म राष्ट्र बैंकको आन्तरिक सिस्टम, आरटीजीएस, बैंक तथा वित्तीय संस्थाको कोर बैंकिङ सिस्टम, नेपाल क्लियरिङ हाउसलगायत सबै सिस्टम सुरक्षित छन् ।’

सम्भावित जोखिमबारे पनि थप अनुसन्धान भइरहेकाले ढुक्क हुन राष्ट्र बैंकले सर्वसाधारणलाई अपिल गरेको छ । उनले यसबारे प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले पनि खोजी गरिरहेको बताए । ‘अहिलेसम्मको प्रारम्भिक सुरक्षा प्रतिवेदनका बैंक तथा वित्तीय संस्था र तीसँग सम्बद्ध सबै सिस्टम सुरक्षित छन्  ’ उनले भने ।

बुधबार नेपाल राष्ट्र बैंकसहित १५ वटा बैंकको सिस्टम ह्याक गरी पैसा चोर्ने चेतावनी दिँदैसंस्थाका उच्च अधिकारीहरूलाई अपरिचित नम्बरबाट फोन र इमेल आएको थियो ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top