टोकियो ओलम्पिक : नेपालकी सोनियाले रसियाकी इरिनासँग खेल्ने

६ साउन ७८, बिहीबार

७ साउन, काठमाडौं ।
टोकियो ओलम्पिक २०२० अन्तर्गत जुडोतर्फ नेपालकी सोनिया भट्टले पहिलो चरणमा कठिन प्रतिस्पर्धा गर्नुपर्ने भएको छ । बिहीबार भएको ‘ड्र’ अनुसार ४८ केजी तौल समूहमा उनले रसियाकी डोल्गोभा इरिनासँग खेल्ने भएकी छिन् । सोनियाले जुलाई २४ मा प्रतिस्पर्धा गर्नेछिन् ।

डोपिङ प्रकरणका कारण प्रतिबन्धमा परेको रुस ओलम्पिकमा देशका रुपमा सहभागी छैन । अर्थात ओलम्पिकमा रुसको राष्ट्रिय झन्डा र राष्ट्रिय गान बजाइने छैन । रसियाका खेलाडीले रुस ओलम्पिक कमिटीको झन्डा मुनि प्रतिस्पर्धा गर्नेछन् ।

सोनियाकी प्रतिद्वन्द्वी इरिना विश्व वरीयतामा नवौं स्थानमा छिन् । यस प्रतियोगितामा भने उनी आठौं वरीयताकी खेलाडी हुन् । इरिनाले यसै मे महिनामा भएको कजान ग्रान्डस्लाममा रजत पदक जितेकी थिइन् । नेपालकी सोनिया भट्ट भने विश्व वरीयतामा १ सय २७ औं स्थानमा छिन् । उनी वाइल्डकार्ड मार्फत ओलम्पिकमा छनोट भएकी हुन् ।

इरिनाविरुद्ध जित हात पार्न सके सोनियाले अन्तिम १६ मा स्थान बनाउनेछिन् । तर, सोनियालाई अन्तर्राष्ट्रिय जुडोमा १७ पदक जितेकी २५ वर्षीया इरिनाविरुद्ध जित हात पार्न त्यति सहज छैन ।

सोनिया र प्रशिक्षक सूर्यनारायण श्रेष्ठ केहि दिन अघि नै टोकियो पुगिसकेका छन् । सोनियाले नेपालमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा कास्य पदक जितेकी थिइन् । उनले जुनियर विश्व च्याम्पियनसिपमा पनि सहभागिता जनाइसकेकी छिन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top