सर्वोच्चको फैसला विश्वकै नमुना, अब बेलायतले नेपालको नजिर पढ्छ : बिडारी

७ साउन, काठमाडौं ।
राष्ट्रिय सभा सदस्य रामनारयाण बिडारीले प्रतिनिधि सभा विघटनका विषयमा सर्वोच्च अदालतले गरेको फैसला विश्वकै नमुना रहेको बताएका छन्। उनले नेपालको नजिर विश्वका लागि अब उदाहरणीय बन्ने समेत दाबी गरे।

बिहीबार राष्ट्रिय सभामा बोल्दै उनले भने, ‘अहिलेको अदालतले गरेको व्याख्या संसारकै नमुना छ। हिजो बेलायत, भारत, अमेरिका, पाकिस्तानका नजिर हामीले पढ्थ्यौं। अब बेलायतले नेपालको नजिर पढ्दैछ। विश्वका अरु देशले यसलाई नमुना बनाउँछन्।’

संविधानको अन्तिम व्याख्याको अधिकार अदालतलाई दिइएको बताउँदै उक्त फैसलाको विरोध गर्नु गलत भएको उनले बताए। जनताले बनाएको संविधानमा उल्लेखित कुरा सार्वजनिक ओहदामा रहेकाहरुले मान्नुपर्ने संवैधानिक दायित्व भएको उल्लेख उनले गरेका छन्।

उनले भने, ‘अदालतले गरेको फैसलालाई हियाउने? यसलाई गिज्याउने? संवैधानिकता नैतिकता कता हरायो? देशको ढुकुटी खाने सार्वजनिक पद धारण गरेको व्यक्तिले संवैधानिक दायित्व मान्नुपर्छ।’

संविधानको अन्तिम व्याख्याता अदालत भएकाले त्यसलाई मान्नुपर्नेतर्फ उनले सचेत गराए। ‘अदालतले गरेको निर्णय सबैले मान्नुपर्छ। ऐरेले पनि मान्नुपर्छ, जैरैले मान्नुपर्छ। प्रधानमन्त्रीले पनि मान्नुपर्छ।’

उनले विपक्षी नेकपा एमालेले कोरोना फैलाउन लागेको आरोप लगाएका छन् । उनले सडक प्रदर्शनमार्फत एमालेले कोरोना फैलाउन खोजेको आरोप लगाएका हुन् । ‘अहिले पनि बाँदरे जुलुस, विभिन्न जुलुस गर्दै कोरोनाको रोपाइँ गर्दैछ, उसलाई मज्जा छ,’ उनले भने ।

त्यसतर्फ लक्षित गर्दै सांसद बिडारीले यसले कोरोना फैलाउने टिप्पणी गरेका हुन् । कहिले रत्नपार्कमा, कहिले माइतीघरमा, कहिले बालुवाटारदेखि बालकोटसम्र्म याली र्गया छ,’ उनले भने, ‘कोरोनाको रोपाइँ यसरी अगाडि बढिरहेको छ ।’

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top