‘चुनौतीपूर्ण तेस्रो लहर आउन सक्छ, अक्सिजन र शय्या चुस्त–दुरुस्त राख्नू’

७ साउन, काठमाडौं ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नेपालमा कोरोना भाइरसको तेस्रो लहर आउन सक्ने भएकाले तयारी अवस्थामा रहन सबै अस्पताल तथा स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ ।

मन्त्रालयले आज बिहीवार विज्ञप्ति निकालेर सङ्क्रमणको चुनौतीपूर्ण तेस्रो लहर आउन सक्ने भएकाले अक्सिजन, शय्या र जनशक्तिलाई चुस्त दुरुस्त अवस्थामा राख्न निर्देशन दिएको हो ।

सरकारी, गैरसरकारी सङ्घ–संस्था, निजी क्षेत्र र नागरिकले संयुक्त पहल गरिरहँदा पनि सङ्क्रमणको दर जति घट्नुपर्ने हो त्यति नघटेको भन्दै मन्त्रालयले पछिल्लो हप्तादेखि सङ्क्रमित थपिने क्रम बढिरहेकोले चिन्ता थपिएको जनाएको छ ।

मोरङ, सुनसरी, झापा, काठमाण्डौ, भक्तपुर, ललितपुर, चितवन, कास्की, रुपन्देही र कैलाली गरी १० जिल्लामा पाँच सयभन्दा धेरैका दरले तथा २६ जिल्लामा दुई सयभन्दा धेरैका दरले सक्रिय सङ्क्रमित रहेका मन्त्रालयले जनाएको छ ।

सङ्क्रमण बढिरहेको तर निषेधाज्ञा खुकुलो भएको मौकामा बुझेर या नबुझेर लुकिछिपी स्वास्थ्यका मापदण्ड उल्लङ्घन गर्ने क्रम बढेको भन्दै मन्त्रालयले सङ्घ, प्रदेश, पालिका र सबै नागरिकलाई जिम्मेवार बन्न र मापदण्ड पालना गर्न÷गराउन अनुरोध गरेको छ ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top