कार्यकर्तालाई ओलीको निर्देशन- जनताले आलोचना गर्ने खालका कुनै गतिविधि नगर्नु

७ साउन, काठमाडौँ ।
नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टी एकताको प्रयासलाई निरन्तरता दिने निर्णय गरेको छ । बिहीबारको केन्द्रीय कमिटी बैठकले एमाले एकताको प्रयासलाई थप निरन्तरता दिने र यसका लागि पार्टी अध्यक्षको तर्फबाट पार्टीका सबैलाई समेट्नका लागि अधिकतम प्रयास गर्ने निर्णय गरेको प्रवक्ता प्रदीप ज्ञवालीले बताए ।

बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले एकतालाई सुदृढ पार्नका लागि एकतामा आउन चाहानेहरुलाई विगतका गल्तीहरुलाई विगतका गल्ती बिर्सेर स्वागत गर्न सकिने बताउनुभएको पनि प्रवक्ता ज्ञवालीले जानकारी दिए ।

उनले भने – ‘पार्टीको एकतालाई कायम राख्नको निम्ति भइरहेको प्रयासहरुका बारेमा हामीले छलफल गरेका छौँ । र यो प्रयासलाई अझ थप निरन्तरता दिने र कमसेकम नेतृत्वको तर्फबाट पार्टीलाई, पार्टीका सबै साथीहरुलाई समेट्ने मामिलामा अधिकतम प्रयत्न गर्ने निष्कर्ष निकालिएको छ । अध्यक्षले पार्टी एकतालाई सुदृढ गर्नेगरी र पार्टीमा योगदान गर्नेगरी आउन चाहाने साथीहरुलाई विगतका गल्तीहरु बिर्सेर पनि स्वागत गर्न सकिने कुराहरु बताउनुभएको छ । एकताको लागि प्रयासहरु जारी राख्ने र बाटो बिराएका, आन्दोलनको अहित हुनेगरी गतिविधिमा संलग्न भएका साथीहरुलाई कमी, कमजोरीहरु सच्याएर आउनका निम्ति अपिल गर्दै आजको बैठक सकिएको छ ।’

सोमबारदेखि शुरु भएको एमाले केन्द्रीय कमिटी बैठक बिहीबार सकिएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता कार्यकर्तालाई जनताको नजरमा आदर्श बनेर जनताले विश्वास र भरोसा गर्ने नेतृत्वको रुपमा स्थापित निर्देशन दिएको पनि प्रवक्ता ज्ञवालीले बताए । जनताले आलोचना गर्ने खालका कुनै गतिविधि नगर्नपनि अध्यक्ष ओलीले निर्देशन दिएका छन् ।

भर्खरको समाचार

फास्ट ट्रयाक निर्माण कछुवा गतिमा ,अर्थमन्त्रीले घटाइदिए बजेट

swarnim wagle

किन डुब्यो हेटौँडा सिमेन्ट ? बालेन सरकारले कसरीे बचाउला ?

Current situation of Hetauda Ciment factory at Hetauda. Photo: Prakash Chandra Timilsena/Nepal Photo Laibrary

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

सम्बन्धित समाचार

Scroll to Top