थप २९७७ जनामा कोरोना संक्रमण, १८ जनाको मृत्यु

८ साउन, काठमाडौं ।
नेपालमा थप २ हजार ९७७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न ठाउँमा गरी १८ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टाको अवधिमा देशभरका विभिन्न प्रयोगशालाहरुमा गरी १३ हजार ६९८ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको छ। पीसीआर विधिबाट नमूना परीक्षण गर्दा १ हजार ९८२ जनामा संक्रमण पुष्टि भएको हो।

यस्तै, सोही अवधिमा देशभरका विभिन्न ठाउँमा गरी ३ हजार ६१० जनाको एन्टिजेन परीक्षण गरिएको मन्त्रालयले जानकारी दिएको छ। एन्टिजेन परीक्षणबाट ९९५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

थप १८ जना कोरोना संक्रमितको मृत्यु भएसँगै हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ९ हजार ६७९ पुगेको छ।

मन्त्रालयका अनुसार हालसम्म नेपालमा पीसीआर परीक्षणबाट ६ लाख ७६ हजार ७०८ र एन्टिजेन परीक्षणबाट ५३ हजार ४३८ जनामा कोरोना संक्रमण देखिएको छ।

हालसम्म ६ लाख ३९ हजार ३६८ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त (निको) भएका मन्त्रालयले जानकारी दिएको छ।

भर्खरको समाचार

निजामती सेवामा ५५ वर्षे उमेर हद र ३० वर्षे सेवा अवधि ?

nijamati

भारतीय जहाजमाथि अमेरिकी आक्रमण, दिल्लीको कडा निन्दा

e9ef0914-ad9b-45c9-94dd-676849c05cab

करका दर हेरफेरमा उच्चस्तरीय छानविन समिति बनाउन सांसद्हरूको माग

Finance Ministry_-199

आजदेखि विश्व फुटबलको महाकुम्भ,उद्घाटन समारोह कस्तो हुनेछ ?

c7150379-e5cf-4a4d-bbfb-d4ba2b610e48

आज कहाँ–कहाँ पर्छ पानी? २ दिन भारी वर्षा हुने

mausam-2075-12-18-768x388

भोलिदेखि फिफा विश्वकपः यी हुन् हेर्नलायक १० खेलाडी

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाली जति विदेशमा, देशमा विदेशीको विगविगी

cefeb795-445c-4f1e-ae54-06be5823b52f

हनीट्रयाप प्रकरणमा फसाउने महिलामात्र कि फस्ने पुरुष पनि दोषी ?

Screenshot 2026-06-10 155503

दरबार हत्या काण्डको छानबिनमा तानिएलान् पूर्वराजा ज्ञानेन्द्र ?

Screenshot 2026-06-10 153959

अपाचेपछि ‘एमक्यू–९ रिपर’ ड्रोन खसालेको इरानको दाबी

d7732478-ea7c-49c3-8151-49c529adf0ea

सम्बन्धित समाचार

Scroll to Top