राष्ट्रिय सभा बैठकमा मानव अधिकार आयोगको प्रतिवेदन पेस

७ साउन ७८, शुक्रबार

८ साउन, काठमाडौँ ।
राष्ट्रियसभाको आज बसेको बैठकमा राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६र०७७ पेस गरिएको छ ।

Advertisement

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानुन न्याय तथा संसदीय मामिला मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले राष्ट्रिय मानव अधिकार आयोगको वार्षिक प्रतिवेदन, २०७६र०७७ पेस गरेका हुन् ।

त्यस अघि बैठकको विशेष समयमा बोल्दै सांसदहरुले वैदेशिक रोजगारीका लागि जाने युवाहरूका लागि कोरोनाको खोप सुनिश्चित गर्नुपर्ने र विशेष कूटनीतिक पहल थाल्नुपर्ने बताए ।

Advertisement

सांसदहरुले विगतका कमीकमजोरी सुधार गर्दै सबै नागरिकलाई कोरोना विरुद्धको खोप लगाउने व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराए ।

Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top