पोखरा–ढाका सिधा हवाइ उडान तयारी सुरु

८ साउन ७८, शनिबार

८ साउन, पोखरा ।
नेपालको पोखरा देखि बंगलादेशको ढाकाबीच सिधा हवाइ उडान गर्ने सम्बन्धमा निजी क्षेत्रले पहल सुरु गरेका छन् । यसबारेमा विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायी बीच शुक्रबार पोखरामा छलफल भएको छ ।

नेपाल एशोसिएसन अफ टूर एण्ड ट्राभल्स एजेन्ट्स (नाट्टा), गण्डकीले शुक्रबार पोखरामा आयोजना गरेको कार्यक्रममा विमान बंगलादेशका प्रतिनिधि र पोखराका पर्यटन व्यवसायीले सो विषयमा आवश्यक पहलबारे छलफल गरेका हुन् । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल संचालन आएलगत्तै बंगलादेशको राजधानी ढाका र पर्यटकीय सहर पोखरा जोड्न सिधा हवाइ उडान प्रभावकारी हुने विमान बंगलादेशका कन्ट्री म्यानेजर असिसुर रहमानले बताए । उनका अनुसार पोखराको मनोरम सुन्दरतामा बंगलादेशीहरु आकर्षित हुने गरेका छन् ।

हाल ढाका–काठमाडौं दैनिक एक उडानमात्रै हुँदै आएको छ । ५ करोड जनसंख्या रहेको बंगलादेशका १० प्रतिशतमात्र पर्यटक नेपाल भित्राउन सकिए यहाँको पर्यटन प्रवद्र्धन हुन सक्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराई वताए । विमान संचालन गर्न नेपाल सरकारसँग आवश्यक पहल गरिदिने नाट्टा गण्डकीका अध्यक्ष सञ्जयकान्त सिग्देलले प्रतिबद्धता जनाए । पश्चिमाञ्चल होटल संघ अध्यक्ष विकल तुलाचनले वर्षमा झण्डै ५० हजार हाराहारीमा बंगलादेशीहरु नेपाल आउने गरेकोमा २० हजार जति पोखरा घुम्ने बताए ।

Advertisement

पोखरा पर्यटन परिषद्का पूर्व अध्यक्ष गणेशबहादुर भट्टराईले कोरोनाले थलिएको पर्यटन क्षेत्रमा छिटोभन्दा छिटो खोप उपलब्ध गराएर चलायनमान बनाउनुपर्नेमा जोड दिए । नाट्टाका पूर्व अध्यक्ष वासु त्रिपाठीले पछिल्लो समय बंगलादेशीको आकर्षण पोखरामा बढ्दै गएको बताए । छलफलमा बंगलादेशका ५ प्रतिनिधिको सहभागिता थियो । पोखरामा निर्माणाधीन विमानस्थल यसै वर्ष सकिने लक्ष्य रहेकोमा कोरोना प्रभावले १ वर्ष पछि धकेलिएको छ ।

भर्खरको समाचार

इरानी मिडियाले सार्वजनिक गर्यो युएस–इरान सम्झौताका मुख्य बुँदा

flags of USA and Iran

कांग्रेसका एक लाख बढी क्रियाशील सदस्य घट्न सक्ने

gagan thapa

आज राति कतारले स्विट्जरल्यान्डको सामना गर्ने, टोली उच्च दबाबमा

FIFA-2018-World-Cup-Featured-1366x768

आजको मौसम :  कोशीमा भारी वर्षा, पहाडी भेगमा चट्याङ्गको सम्भावना

mausam-2075-12-18-768x388

३१ वर्षदेखि थन्किएको प्रतिवेदन कार्यान्वयन गर्ने सरकारको निर्णय

b5fc9095-b836-4ece-9599-342d56381717

student visa मा ’किर्ते’ धन्दा : कागजमा मात्रै कलेज र विद्यार्थी

Ballmiki-Campus

बीपी राजमार्गमा भयानक बस दुर्घटना, ठूलो हताहतीको आशंका

22a8a24f-68ca-4fea-b4f7-43597b6b85fc

अर्थमन्त्रीले फाइल खोल्ने भनेपछि विपक्षी एक मुख लागे

Finance Ministry_-199

विश्वकप फुटबलः को कति सफल ? कसले कति खेले, कति जिते ?

FIFA-2018-World-Cup-Featured-1366x768

नेपाल–भारत सीमा क्षेत्र सुस्तामा बिहानैदेखि तनाव

713308110_1389978686494718_5103644594415436128_n

सम्बन्धित समाचार

Scroll to Top