×

NEPAL TIMES UPDATES

Playing
वैशाख १२ को एक दशकः भत्किएका संरचना कति बने, कति बाँकी? || Nepal Times
Apr 25, 2026
Playing
बलिङ चम्किँदा यूएईमाथि नेपालको जित|| Nepal Times
Apr 25, 2026
Playing
Watch Top15 News Of The Day in 6 Minutes || Nepal Times
Apr 25, 2026
Playing
थापाथलीका सुकुमबासीः ९०%सँग अन्यत्रै जग्गा, एकै जनासँग २५ रोपनी || Nepal Times
Apr 25, 2026
Playing
सरकारले कसरी ‘स्क्रिनिङ’ गर्दैछ वास्तविक सुकुम्बासी ? || Nepal Times
Apr 25, 2026
Playing
यु*द्धमा असहयोग गरेको भन्दै नेटोलाई दण्ड दिने ट्रम्पको तयारी || Nepal Times
Apr 25, 2026
Playing
World News: नेतन्याहुलाई क्यान्सर, दक्षिण एसियाली बेहुली अब ‘वान ग्राम गोल्ड’तर्फ || Nepal Times
Apr 25, 2026
Playing
Top 15 Afternoon News || April-25-2026 || Nepal Times
Apr 25, 2026
Playing
नेतन्याहुले ट्रम्पलाई घुमाए, भ्रममा पारेर इरानमा फसाए|| Nepal Times
Apr 25, 2026
Playing
समाजसेवीको आवरणमा आर्थिक अपराध? शेखर गोल्छा किन प क्राउ परे ? || Nepal Times
Apr 25, 2026

परीक्षण उडानको तयारीमा गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल

९ श्रावण २०७८

९ साउन, सिद्धार्थनगर।
निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल परीक्षण उडानको अन्तिम तयारीमा पुगेको छ । विमानस्थलको प्राविधिकतर्फको काम सकिएपछि अब परीक्षण उडानको तयारी गरिएको हो ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख प्रवेश अधिकारीका अनुसार विमानस्थलको बाह्य संरचनाको काम सकिसकेको छ भने भित्र उपकरण सुरक्षा जाँचको काम मात्रै बाँकी रहेको छ । उनले भने, “हामी क्यालिबेरेसन फ्लाइटका लागि तयारीमा छौँ ।”

Advertisement
Advertisement

क्यालिबेरेशन फ्लाइट भनेको विमानस्थलको ग्राउन्ड र जहाजबीचको सूचना आदानप्रदान सही छ, छैन भनेर जाँच गर्ने हो । यसका लागि पाँच÷सात सिट भएको विमान हुन्छ र त्यसले विमानस्थललाई केन्द्रित गरेर उडान गर्ने गर्दछ । उडानका क्रममा एन्टिना, सिङ्गल रिसिभ, लाइटिङ, कम्युनिकेशनलगायत सबै सूचना ठिक छ छैन भनी परीक्षण हुने गर्दछ ।

क्यालिबेरेशन फ्लाइटमा सबै सिङ्गल र सूचना सही देखिएपछि मात्रै अन्य जहाजले उडान र अवतरण सुरु गर्ने गर्दछन् । गौतमबुद्ध विमानस्थलमा क्यालिबेरेसन फ्लाइटका लागि एरो थाई सँग सम्झौता भएको छ । परीक्षण उडान कहिले गर्ने भन्ने विषय एरो थाइमा भर पर्नेछ । कोरोना महामारीको कारण परीक्षण उडान केही समय ढिला हुने भने देखिएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा मूलतः तीन तहका काम सम्पन्न भएका छन् । पहिलो अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी वान) अन्तर्गत रु छ अर्ब ८२ करोडको काम भएको छ । दोस्रो अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी टु) अन्तर्गत रु ५० करोडको काम र तेस्रो मुआब्जा वितरण रु २२ अर्ब ४० करोड भएको छ । त्यसका अतिरिक्त कार्गो निर्माणका लागि रु ९० करोडको काम भएको छ । यसरी सबै आयोजनाको काम जोड्दा रु ३० अर्बभन्दा बढीको लगानीमा भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण हुने भएको छ । यो रकममा नेपाल सरकारको ३७ दशमलव ४ र एडिबिको ६२ दशमलव ६ प्रतिशत लगानी रहेको छ ।

भैरहवास्थित गौतमबुद्ध विमानस्थललाई अन्तरराष्ट्रियस्तरको बनाउन चिनियाँ ठेकेदार कम्पनी नर्थ वेस्ट सिभिल एभिएसन एयरपोर्ट कन्स्ट्रक्सन ग्रुपले पहिलो चरणको कामका लागि अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी वान) मा सम्झौता भएर निर्माण कार्य विसं २०७१ माघ १ देखि सुरु गरेको हो । कूल रु छ अर्ब २२ करोड ५१ लख ३० हजार २२७ रुपैयाँ ९१ पैसा लागतमा निर्माण सम्पन्न गरी नर्थ वेस्टले ठेक्का पाएको हो ।

आइसिबी वानअन्तर्गत धावनमार्ग तीन हजार मिटर, चार वटा लिङ्क ट्याक्सी वे (धावन मार्ग र जहाज पार्किङ क्षेत्र जोड्ने बाटो), पाँच वटासम्म अन्तर्राष्ट्रिय जहाज पार्किङ गर्न सक्ने क्षमताको जहाज पार्किङ स्थल, टर्मिनल भवन, प्रशासनिक भवन, कन्ट्रोल टावर, अग्नि नियन्त्रण भवन, पानी ट्याङ्की, तारवार, नाला, ५०० कार अटाउने क्षमता भएको कार पार्किङ, विद्युतीय काम, टर्मिनल विल्डिङको उपकरणसहितको काम, धावन र ट्याक्सी वे सबै काम रहेका छन् ।

आइसिबी वानअन्तर्गत सुरुआतमा ठेक्का सम्झौता गर्नुभन्दा यति बेला कस्ट भेरियसन हुँदा रु ६० करोड रकम वृद्धि भएको छ । मूल्य समायोजनको मूल कारण जहाज उडान र अवतरणको लागि आवश्यक भिजिबिलिटिका थप काम भएको आयोजना प्रमुख अधिकारी बताउनुहुन्छ । अधिकारीका अनुसार सुरुआतमा क्याट वानअन्तर्गतको काम गर्ने गरी सम्झौता भएको थियो तर पछि काम गर्दै जाँदा क्याट टु को स्तरमा काम गर्ने गरी अगाडि बढ्ने भनिएकाले ०७५ मङ्सिरमा पहिलो भेरियसन गरी रु ६० करोड रकम थप गरिएको हो । क्याट वानमा भिजिबिलिटी ५५० मा उडान अवतरण हुने गर्दछ भने क्याट टु मा ३५० भिजिबिलिटिमा उडान र अवतरण हुने गर्दछ । क्याट टु का लागि आवश्यक पूर्वाधार धावनमार्गको सबै लाइटको प्रोजेक्ट र उपकरणको स्तरीयता वृद्धि गरिएकाले शुरुआती लागतमा वृद्धि भएको आयोजना अधिकारीको तर्क छ ।

यस्तै यस गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको दोस्रो चरणको अन्तर्राष्ट्रिय बोलपत्र (आइसिबी टु) मार्फत सन् २०१९ मार्चमा रु ५० करोड लागतमा एरोनोटिकल रेडियो अफ थाइल्यान्ड (एरो थाई) ले ठेक्का प्राप्त गरी नौ महिनाभित्र काम सम्पन्न गर्ने गरी काम अगाडि बढाएको हो । यो परियोजनामा दुई पटक म्याद थप भइसकेको छ । नब्बे प्रतिशत उपकरणको काम रहेको उक्त परियोजनामा जहाजको उडान र अवतरणका लागि आवश्यक उपकरण जडान (आइएलएस), जहाजको स्थिति, लोकेशन, र सञ्चार (डिभिओआर÷डिएमई), सञ्चार उपकरण (भिएचएफ रेडियो), एचएफ सिस्टम, एटिसी कन्सोल, एमएचएस, भिसिसिएस, एटिस सिस्टम, अटोमेटिक वेदर अबजरभेसन सिस्टम गरी मुख्य १० किसिमका काम भएका छन् ।

आवश्यक सबै उपकरण अमेरिका, बेलायत, अस्ट्रेलिया, थाइल्यान्ड र अस्ट्रियाबाट ल्याइएको आइसिबी टु का परियोजना व्यवस्थापक प्रविन न्यौपानेले बताउनुभयो । उहाँले भन्नुभयो, “आवश्यक सबै उपकरण जडान भइसकेको छ । अब परीक्षणको काम बाँकी छ ।”

मुआब्जा र क्षेत्रफल

गौतमबुद्ध विमानस्थलका लागि आवश्यक जग्गा अधिग्रहण गरेर मुआब्जा दिने काम पनि लगभग सकिसकेको छ । आयोजना प्रमुख अधिकारीका अनुसार अहिलेसम्म रु २२ अर्ब ४० करोड १४ लाख ७९ हजार ४३७ मुआब्जा स्वरूप वितरण गरिसकिएको छ । अधिग्रहण गरेको जग्गासहित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा यति बेला १० हजार ५०० रोपनी जग्गा रहेको छ । यो क्षेत्रफलमा फैलिएको जग्गामा निर्मित आवश्यक भौतिक पूर्वाधारले आगामी ५० वर्षसम्म अन्तरराष्ट्रियस्तरको उडान र अवतरण थेग्ने क्षमता राख्नेछ ।

नयाँ थपिएको जग्गामा डिभिओआर÷डिएमइ र सेनाको ब्यारेक निर्माण सम्पन्न भइसकेको छ । कार्गो भवनको निर्माण कार्य अन्तिम चरणमा छ । राडर, जहाज मर्मत क्षेत्र (ह्याङ्गर), आयल निगमको डिपो, हेलिप्याड, क्याटरिङ, अर्को पार्किङ स्थल र अझै एउटा टर्मिनल बिल्डिङ बनाउनुपर्ने आवश्यक छ । उक्त कामका लागि बोलपत्र आह्वानका लागि प्रस्ताव गरिएको छ ।

भैरहवामा रहेको गौतमबुद्ध विमानस्थललाई धेरैले भैरहवा विमानस्थल भनेर चिन्ने गर्दछन् । घरेलु विमानस्थलका रुपमा रहेको यो विमानस्थलको स्तरोन्नति गर्ने भन्दै औपाचारिकरुपमा २०७१ साल माघ १ गते तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले शिलान्यास गरेका हुन्।

अहिलेको गौतमबुद्ध विमानस्थल विसं २०११ तिर पूर्व प्रधानमन्त्री डा के आइ सिंह र काशीप्रसाद श्रीवास्तवको पहलमा निर्माण भएको हो । सुरुआतका भैरहवाको शान्तिनगरमा रहेको विमानस्थल २०२०÷०२१ साल ताका हालको ठाउँमा स्थानान्तरण भएको स्थानीय जानकार बालकृष्ण भट्टराईले बताए । भैरहवा क्षेत्रमा २०२५ को दशकदेखि क्याम्पसमा अध्यापनरत भट्टराईका अनुसार तत्कालीन समय करिब १० बिघा क्षेत्रफलमा फैलिएको शान्तिनगरको विमानस्थलबाट भैरहवा पोखरा र भैरहवा काठमाडौँ उडान हुने गर्दथ्यो ।

विमानस्थल परिसर कच्ची भए तापनि पक्लिहवामा रहेको बिट्रीस क्याम्पले बाहिरी बाटो भने पिच गरिदिएको थियो । पछि ०२१ सालतिर हालको ठाउँमा विमानस्थल स्थानान्तरण भएपछि त्यस ठाउँमा भैरहवा बहुमुखी क्याम्पस, संस्कृत विद्याश्रम र सङ्घीय प्रहरी इकाइ लुम्बिनी कार्यालय स्थापना भएको हो । तत्कालीन समयमा शान्तिनगरमा विमानस्थल हुँदा भैरहवाबाट पोखरा निर्माण सामाग्री लिएर जाँदै गरेको टकोटा विमान दुर्घटना भएको थियो । त्यो नेपालको इतिहासमा पहिलो विमान दुर्घटना पनि हो ।

विसं २०२३ देखि नियमित उडान भर्दै आएको भैरहवास्थित गौतमबुद्ध विमानस्थलको स्वामित्वमा पर्याप्त जग्गा छ । विसं २०६१ अघिसम्म ८४ बिघा तीन कठ्ठा रहेकामा यति बेला १० हजार ५०० रोपनी पुगेको छ । जग्गाको क्षेत्रफलको हिसाबले नेपालकै ठूलो क्षेत्रफलमा फैलिएको विमानस्थल हो ।

अन्तर्राष्ट्रिय नागरिक उड्डयन प्राधिकरण९आइकाउ० को कोड फोर ई का अनुसार ३ हजार मिटर धावनमार्ग भएको विमानस्थलमा बोइङ ७७७, एयर बस ३३० सम्मका जहाज सहजै उडान र अवतरण हुनेछन् ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नेपाल–भारत सीमा नजिक भएकाले गोरखपुर, लखनउसम्मका भारतीयले पनि गौतमबुद्ध विमानस्थललाई सहजरुपमा प्रयोग गर्ने अपेक्षा पर्यटन व्यवसायी नेपाल एशोसियसन अफ ट्राभलस एण्ड टूर एजेन्टका लुम्बिनीका अध्यक्ष सागर अधिकारीले बताए ।

Advertisement

कोभिडले तहसनहस बनाइरहँदा पनि गौतबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनपश्चात् पर्यटक आवागमन होला भन्ने विश्वासका साथ यति बेला भैरहवा लुम्बिनी क्षेत्रमा करोडौँ लगानीमा नयाँ तारे होटेल पनि निर्माण भइरहेको होटेल एशोसियसन नेपालका केन्द्रीय सदस्य चन्द्रप्रकाश श्रेष्ठ बताउँछन् ।रासस

भर्खरको समाचार

१४४ सुकुम्बासी परिवार सरकारको सम्पर्कमा, ३ स्थानका सुकुम्बासीलाई कहाँ लगियो ?

679754060_962320546387963_444067493308568578_n

ह्वाइट हाउसको रात्रिभोजमा गोलीबारी, ट्रम्पको आकस्मिक उद्धार

94247da1-b212-41dc-bf8f-432c817c55d3

बालेनलाई सुकुम्बासीको सहयोग, शान्तिपूर्ण चल्यो डोजर

680114328_961789743107710_1313447741745316430_n

स्वागत नगरेको भन्दै सांसद विश्वराजले प्रधानाध्यापकलाई थर्काए, अहंकारको पराकाष्ठा

1569e5cc-f7be-4341-96dd-a772970307a0

देउवाले उल्टाउन नसकेको ओलीको निर्णय बालेनले उल्ट्याइदिए

677108931_958688953417789_3450960544499223528_n

काठमाडौंमा चीन vs अमेरिका vs भारतः विदेशी मन्त्रीहरुको दौडधुप किन बढ्यो?

0a03b400-ca0e-429c-9985-e9aeed50e92d

प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिको पक्षमा उभिए हर्क साम्पाङ

harka-sampang-samsad (1)

रविविरुद्धको मुद्दा सुनुवाइको लागि पूर्ण इजलासमा पेसी तोकियो

rabi

होर्मुजमा बारूदी सुरूङ हटाउन अमेरिकालाई ६ महिना लाग्ने

Ships and tankers in the Strait of Hormuz off the coast of Musandam, Oman, April 18, 2026. REUTERS

रवि र बालेनलाई मिलाउने ’मध्यस्थकर्ता’ को बर्हिगमन

675339936_959607513325933_4791161060987648326_n

सम्बन्धित खबरहरु

Scroll to Top