कांग्रेसका तल्लो तहका सबै अधिवेशन स्थगित

९ साउन, काठमाडौं ।
नेपाली कांग्रेसका तल्ला तहका सबै अधिवेशनहरु स्थगित भएका छन् । शनिबार प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले साउन १२ गतेदेखि हुने वडा तहका लगायत तल्लो तहका सबै अधिवेशन स्थगित गर्ने निर्णय गरेको हो।

Advertisement

केन्द्रीय कार्य समिति बैठकले अधिवेशनको अर्को कार्यतालिका सार्वजनिक गर्ने नेता अर्जुन नरसिंह केसीले जानकारी दिए । भदौ १६ देखि १९ गतेसम्म हुने केन्द्रीय महाधिवेशनको मिति भने यथावत रहने जनाइएको छ ।

यही साउन १२ गते बिहान सभापति देउवालाई क्रियाशील सदस्यता छानबिन समितिका संयोजक रमेश लेखकले प्रतिवेदन बुझाउन र त्यसपछि केन्द्रीय समितिमा छलफल हुने कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बताए।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top