सिमेन्टको पिलर लडेर किच्दा बालकको मृत्यु

८ साउन ७८, शनिबार

९ साउन, इलाम ।
इलाम नगरपालिकामा सिमेन्टको पिलर लडेर किच्दा एक बालकको मृत्यु भएको छ ।

Advertisement

इलाम नगरपालिका–१, नेपालटारका हर्कबहादुर गुरुङको घरमा डेरा गरी बस्ने ८ वर्षे ग्रेसदीप रिजालको निधन भएको हो ।

भित्तामा ठड्याएर राखेको कम्पाउन्ड बेरा गर्ने सिमेन्टको खम्बा लडेर किच्दा खेलिरहेका बालक गम्भीर घाइते भएका थिए। घाइते बालकलाई उपचारका लागि इलाम अस्पताल ल्याइएको थियो । अस्पतालमा पुर्याइएपनि चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

Advertisement

इलाम नगरपालिकाको खरेल डाँडाका बालक नेपालटारमा डेरा गरी बसेका थिए। घट्नाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरीका डिएसपी गङ्गाबहादुर थापाले जानकारी दिए ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement
Advertisement
Advertisement
Advertisement

ताजा समाचार

सम्बन्धित समाचार

Scroll to Top